सरकारी अनुदानको रासायनिक मलमा कालोबजारी
वीरगञ्ज । पश्चिम पर्साको ग्रामीण क्षेत्रमा रहेको केही सहकारी संस्थाले प्रतिबोरा ‘५० केजी’ ७०० का दरमा खरीद गरेको सरकारी अनुदानको युरिया मल प्रतिबोरा रु ८०० का दरमा बिक्री गरेको पाइएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जले ढुवानी खर्चसमेत गरी बढीमा प्रतिबोरा ७५० रुपैयाँभन्दा बढीमा बेचेको खण्डमा कार्यवाही गरिने चेतावनी दिँदै आइरहेका छन् । तर ग्रामीण क्षेत्रमा रहेका ती सहकारी संस्थाका सञ्चालकहरुले भने ढुवानी खर्च बढी लाग्ने, बाटोभरि ट्राफिक प्रहरीले रकम लिने गरेकाले प्रतिबोरा रु ७५० मा बेच्दा घाटा लाग्ने भएकाले बाध्य भई बढी रकम लिनुपर्ने बताएका छन् ।
पर्सामा १११ वटा सहकारी संस्थामार्फत कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयले किसानमाझ रासायनिक मल पु¥याउँदै आइरहेका छन । गहुँ खेतीकालागि अति आवश्यक पर्ने मल युरियाको कालोबजारी तथा कृत्रिम अभाव सिर्जना भएपछि पर्साका ग्रामीण क्षेत्रका किसान प्रभावित हुँदै आएका छन् । माग अत्यधिक भए पनि संस्थानले प्रतिसहकारी संस्थालाई हप्तामा २६० बोरा युरिया डिएपी र पोटास मल दिने गरेको तथा ग्रामीण क्षेत्रमा रहेका सहकारी संस्थाहरुले मलको अभाव देखाएर बढी मूल्यमा बेच्ने गरेको पाइएको छ ।
सहकारी संस्थाले कृत्रिम अभाव सिर्जना गर्नु, बाटोमै अन्य व्यापारीलाई बढी मूल्यमा बिक्री गर्नुजस्ता करणले किसान भारतीय मल किन्न बाध्य रहेका छन् । एउटा ट्र्याक्टरमा सय बोराभन्दा बढी लोड गरिएमा ट्राफिक प्रहरीले फाइन काट्ने, जथाभावी रकम लिने गरेकाले खर्च धान्न प्रतिबोरा रु ८०० मा युरिया मल बेच्नुपर्ने बाध्यता रहेको बताएका छन् । तर क्षेत्रीय प्रबन्धक अजयकुमार श्रीवास्तवले बढी मूल्यमा मल बेचेको सूचना आएमा टोली खटाइने र बढी मूल्यमा अनुदानको मल बिक्री गरेको पाइएमा त्यस्ता सहकारी संस्थाको बिक्री वितरण प्रमाणपत्र खारेज गरी कार्यवाही गरिने बताए ।
कम्पनीले पर्सामा आर्थिक वर्ष २०७५÷७६ को चार महीनामा युरिया मल २६ हजार ४३७ मेट्रिक टन, डिएपी १३ हजार ३५१ मेट्रिक टन तथा पोटास ५४७ मेट्रिक टन बिक्री गरिसकेको छ भने कात्तिकमा युरिया ४८२ मेट्रिक टन, डिएपी ७११ मेट्रिक टन मल बिक्री गरेको छ । कम्पनीले क्षेत्रीयस्तरमा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सिन्धुली, मकवानपुर, काभ्रे, धादिङ, काठमाडौँ, त्रिशूली चितवनलगायत क्षेत्रमा रहेको २० हजार ११४ सहकारी संस्थामार्फत रासायनिक मल बिक्री गर्दै आइरहेको छ ।
संस्थानले तेस्रो मुलुक चीन र तुर्कमैनिस्तानकाट रासायनिक मल मगाउँदै आइरहेको छ भने संस्थानसँग हाल युरिया एक हजार टन र डिएपी एक हजार ४०० टन मौज्दात अवस्थामा रहेको छ । ती मुलुकबाट दैनिकजसो रासायनिक मल आउने क्रम जारी रहेको छ । रासायनिक मलको अभावको मौका छोपी केही सहकारी संस्थाले आफू खुशी बढी मोलमा मल बिक्री गर्ने गरेकाले गहुँ खेती गर्ने किसान प्रभावित हुँदै आएकाले यसतर्फ सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने माग पीडित किसानको छ । पर्सामा किसानले २६ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गर्दै आइरहेको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












