विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर उडान मार्गमा सामान्य परिवर्तन गर्ने प्रविधिको ठूलोस्तरमा परीक्षण शुरु भएको छ । बेलायत सरकार, गुगल, एनएटीएस, क्याम्ब्रिज विश्वविद्यालय, इम्पेरियल कलेज लन्डन, मेट अफिसलगायतका संस्थाको सहकार्यमा अघि बढाइएको ‘अपरेसन ब्लु स्काइज’ कार्यक्रमले वास्तविक हवाई यातायातमै यसको प्रभावकारिता र सुरक्षा परीक्षण गर्नेछ ।
एआईले मौसम, तापक्रम, आर्द्रता र उपग्रहका तस्बिर विश्लेषण गरी लामो समय टिक्ने कन्ट्रेल बन्न सक्ने क्षेत्र पहिचान गर्नेछ । त्यसपछि त्यस्ता क्षेत्रमा जाने विमानलाई सुरक्षित सीमाभित्र सामान्य उचाइ परिवर्तन गराई कन्ट्रेल बन्ने सम्भावना घटाइनेछ । यसअघि सीमित उडानमा गरिएको परीक्षणले यस्तो प्रविधिबाट कन्ट्रेलको जोखिम पहिचान गरी विमानको मार्गमा न्यून परिवर्तन गर्न सकिने देखाएको थियो ।
नयाँ अनुसन्धानले यही प्रविधिलाई ठूलो हवाई मार्गमा लागू गरेर परीक्षण गरेको छ । परीक्षण सफल भए भविष्यमा उडान योजना बनाउँदा इन्धन र सुरक्षासँगै कन्ट्रेलबाट हुने जलवायु प्रभावलाई समेत ध्यानमा राख्न सकिनेछ । वैज्ञानिकहरूका अनुसार यसले उड्डयन क्षेत्रको समग्र जलवायु प्रभाव कम गर्ने व्यावहारिक र कम खर्चिलो नयाँ बाटो खोल्न सक्ने अपेक्षा गरिएको छ ।
Comments
अरु समाचार
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...
-
पूर्व प्रधानन्यायाधीशदेखि उच्च पदस्थ व्यक्ति जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप, अख्तियारमा उजुरी
काठमाडौँ। “स्याउको कार्टुनमा करोडौँ रकम ओसार्ने चोलेन्द्र शमशेर जबरामाथि अनुसन्धान गर्ने हिम्मत देखाउने सरकारले सर्वोच्च अदालतबाटै ५ हजार रोपनी सरकारी...
-
‘विपद्को समयमा सरकार फराकिलो सोचका साथ अघि बढ्नुपर्छ’
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्निर्माण तथा पुनःस्थापनामा जुट्न...
-
विराटनगरमा हुने ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’ को तयारी पूरा
विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा सञ्चालन हुन लागेको ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन-२०८३’ को सम्पूर्ण तयारी पूरा भएको छ ।...
-
हनुमानढोकास्थित दशैं घरमा जमरा राखियो, दशैंको रौनक सुरु
काठमाडौं । बडादशैंको पहिलो दिन घटस्थापनाका अवसरमा आइतबार काठमाडौंको ऐतिहासिक हनुमानढोकास्थित दशैं घरमा विधिपूर्वक जमरा राखिएको छ। नवरात्रको शुभारम्भ भएसँगै...












