एक साताभित्र छाया सरकार बनाउँदै कांग्रेस, मन्त्री बन्न इच्छुक सांसदले आजैबाट नाम दर्ता गर्न सक्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार बनाउने भएको छ। आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए।
एउटा मन्त्रालयमा कम्तीमा चार जना सांसद राख्ने तयारी भइरहेको बैठकपछि खाणले जानकारी दिए। मन्त्री बन्न इच्छुकले आजैबाट नाम दर्ता गर्न सकिने गरी सूचना जारी गर्नेसमेत उनले बताएका छन्। छाया सरकारका मन्त्रीहरुले सरकारको कामको निगरानी राख्ने उनले बताए।
त्यसैगरी संसदीय दलको बैठकबाट विधेयकको बारेमा छलफल गर्न पार्टीको विज्ञ समूह गठन गर्ने निर्णयसमेत भएको छ।
भोलिको संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलका लागि बोलाइएको बैठकमा सभामुखसमक्ष प्रधानमन्त्रीलाई प्रश्न सोध्न नदिएकोबारे प्रश्न गर्ने निर्णय गरेको खाणले बताए। उनले भने, ‘सभामुखलाई प्रश्न सोध्छौ, प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउनुपर्छ भनेर। हाम्रो पार्टी संसदीय अभ्यासप्रति पूर्ण समर्थन छ। सभामुख साझा व्यक्तित्व हो। उहाँले यसको गरिमालाई जोगाउनुपर्छ।’
नियमावली २१९ को २ बमोजिम अबका संसदमा सभामुख कृष्णबहादुर महरा जिम्मेवार रुपमा प्रस्तुत हुनेमा कांग्रेस विश्वस्त रहेको उनको भनाई थियो। ‘सदन भनेको संसद, सभामुख र सरकार हो। एकोहोरो सरकारमात्र हैन, सरकारसँग संवाद गराउने वातावरण सभामुखले बनाउनुपर्छ,’ खाणले भने।
Comments
अरु समाचार
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरीः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको...
-
विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
काठमाडौं । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न...
-
एकीकृत समाजवादी महाधिवेशनको तयारी सुरु
काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीले अन्य कमिटीलाई...
-
उपचुृनावको नतिजाले एमाले उत्साहित,नयाँ शक्तिको भविष्य अन्योल
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा गरी दुई वटा सिटमा भएको उपचुनावमध्ये दुवै सिट नेकपा एमालेले जितेको छ ।...
-
सीके राउतले रवि लामिछानेलाई दिए यस्तो सुझाव: जमानत जफत भएपछि अब विचार गर्नुहोला
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले इलाम–२ मा भएको उपनिर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेकै जस्तो मत आएको बताएका छन्...