खेलकूदसम्बन्धी विधेयक प्रस्तुत
काठमाडाैं । प्रदेश नं ५ को प्रदेशसभामा प्रदेशसभाको आजको बैठकमा खेलकूदसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएको छ । सामाजिक विकासमन्त्री सुदर्शन बरालले सो विधेयक प्रस्तुत गरेका हुन् ।
सैद्धान्तिक छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री बरालले सङ्घीय सरकारले नीतिनिर्माणमा ढिलाइ गरेकाले विधेयक आउन ढिलाइ भएको बताए । सो प्रस्तावमाथि सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमालले खेलकूद विधेयक आउन ढिलाइ भएको विषय स्पष्ट गर्न आग्रह गरे भने कमलादेवी विकले अनुशासित र प्रतिस्पर्धी खेलाडी तयार गर्न खेलकूद विधेयक आवश्यक भएकामा जोड दिए ।
यस्तै अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले प्रदेश नं ५ प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्र्न बनेको प्रतिवेदनसहितको विधेयक बैठकमा पेश गरे।
यसअघि बैठकको विशेष समयमा सदस्यहरुले सरकार र सिके रावतसँग भएको सहमतिको पक्ष–विपक्षमा आ–आफ्नो धारणा राखे। सदस्यहरुले जनजीविकाका अन्य विषयहरुमा पनि मन्तव्य राखेका थियो ।
बैठकमा प्रदेशसभा सदस्य दीपेश थारूले राज्य टुक्र्याउनुपर्छ भन्ने मानसिकता बोकेका रावतसँगको सहमतिको विरोध गर्दै कैलाली घटनामा दोषीमाथि कारवाही नभएको गुनासो गरे । अर्का सदस्य कल्पना पाण्डेले रावतसँग सहमति भएपछि स्वतन्त्र मधेशको नारा लगाइएको भन्दै यसमा राष्ट्रिय जनता पार्टीको आपत्ति रहेको बताए ।
प्रदेशसभा सदस्य कुलप्रसाद पोखरेलले विद्रोही पक्षधरलाई वार्ता गरेर सरकारले प्रशंसनीय काम गरेको उल्लेख गर्दै सवारी अनुमति चालकपत्र घरघरमा बिक्री भइरहेको आरोप लगाए । अर्का सदस्य विष्णु पन्थीले विकासको नयाँ ढाँचा विकास गर्न आग्रह गर्दै पश्चिम क्षेत्रका सडक जीर्ण अवस्थामा रहेको बताए भने दिनेश पन्थीले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममा प्रदेशसभा सदस्यको भूमिका स्पष्ट गर्न आग्रह गरे ।
Comments
अरु समाचार
-
इन्डियन प्रिमियर लिग: राजस्थान रोयल्यसमाथि दिल्ली क्यापिटल्सको जित
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । अरुण जेटली स्टेडियममा भएको खेलमा...
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...