राष्ट्रपति भण्डारीको चीन भ्रमण ‘राजकीय’
काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मित्र राष्ट्र चिनको भ्रमण गर्ने भएकी छन्।
बेइजिङमा २५ देखि २७ अप्रिलमा हुने दोश्रो बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा सहभागी हुने गरि राष्ट्रपति विद्यादेवी भण्डारीले चीन भ्रमण गर्दैछिन्, जसलाई औपचारिक भ्रमण बनाउन लागिएको हो।
शुक्रबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयका प्रवक्ता लु गाओले चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले अप्रिल २४ देखि मे २ (११–१९ वैशाख) मा चीनको पहिलो ‘स्टेट भिजिट’ गर्न लागेको बताए।
नेपालमा गणतन्त्र स्थापना भएको दश वर्षपछि राष्ट्रपतिको यो नै पहिलो औपचारिक चीन भ्रमण हुनेछ। राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरि बुधबार (११ वैशाख) नौ दिने चीन भ्रमणमा प्रस्थान गर्दैछिन्।
बीआरआई फोरममा सहभागी हुने क्रममा चीनका राष्ट्रपति सीको निमन्त्रणामा नेपालसँगै मंगोलिया, चिली, पोर्चुगल र स्वीटजरल्याडका राष्ट्रपतिले चीन भ्रमण गर्नेछन्।
चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले शुक्रबार बेइजिङमा नेपालका राष्ट्रपति भण्डारीसहित विभिन्न ३७ देशका राष्ट्र तथा सरकार प्रमुख बीआरआई मञ्चमा सहभागी हुने पुष्टी गरेका हुन्।
बीआरआई फोरमको रिपोर्टिङ गर्न बेइजिङ आएका पत्रकारहरूसँग शुक्रबार मन्त्री वाङले भने, ‘दोस्रो बेल्ट एण्ड रोड इनिसियटिभ सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्च अप्रिल २५ देखि २७ तारिखसम्म बेइजिङमा आयोजना गरिनेछ र चीनका राष्ट्रपतिले मञ्चको अध्यक्षता गर्नुहुनेछ।’
परराष्ट्र मन्त्री वाङका अनुसार, हालसम्म ३७ वटा मुलुकका राष्ट्रनायक र नेताहरू त्यस मञ्चको गोलमेच शिखर सम्मेलनमा सहभागी हुनेछन्। तीमध्ये दक्षिण एशियाबाट नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र पाकिस्तानका प्रधानमन्त्री इमरान खान पनि हुनेछन्।
त्यस्तै अष्ट्रेलिया, अजरबैजान, बेलारुस, ब्रुनाई, कम्बोडिया, चिली, साइप्रस, चेक, इजिप्ट, इटली, सिंगापुर, थाइल्याण्ड, सर्बिया, भियतनामबाट प्रतिनिधिहरू रहने जनाइएको छ। संयुक्त राष्ट्र संघका महासचिव र अन्तर्राष्ट्रिय मुद्रा कोषका महाप्रबन्धक पनि सम्मेलनमा सहभागी हुने मन्त्री वाङ यीले जानकारी दिए।
राष्ट्रपति सी चिनफिङले शिखर मञ्चको उद्धाटन समारोहमा सहभागी भएर सम्बोधन गर्नुका साथै विदेशी नेताहरूसँग हुने गोलमेच शिखर सम्मेलनको अध्यक्षता गर्नेछन्।
यसअघि नेपालका राष्ट्रपति डा. रामवरण यादवले सांघाई वल्र्ड एक्स्पो र बोआओ एशिया फोरममा सहभागी हुने क्रममा दुई पटक चीन भ्रमण गरेका थिए। सांघाईमा तत्कालीन प्रधानमन्त्री वेन जियाबाओ र पछि बोआओमा राष्ट्रपति सीसँग भेटवार्ता भएपनि यादवको भ्रमणलाई ‘राजकीय’ बनाएर राजधानी बेइजिङ निम्त्याइएको थिएन।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । एकजना पनि संघीय मन्त्रीहरू नआएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले सोमबार बिहान साढे ११ बजे...
-
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, समसामयिक विषयमा छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । भेटवार्ताको...
-
काठमाडौं महानगरपालिकाद्वारा ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ्’ सम्भाव्यता अध्ययन शुरु
काठमाण्डौ। काठमाण्डौ महानगरपालिकाले 'स्थानीय पेय पदार्थको ब्राण्डिङ्' सम्भाव्यता अध्ययन शुरु गरेको छ । नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका...
-
नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताबाट रञ्जितालाई हटाइयो
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अधिकांश दसस्यहरूले संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाएका छन्। आइतवार पार्टीको संसदीय दलको सचिवालयको बैठकमा...
-
प्रतिनिधि सभाको बैठक बस्दै,गृह,अर्थ र शिक्षा मन्त्रीले सांसदहरुका प्रश्नको जवाफ दिने
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।...
-
प्रचण्ड र ओलीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारमा जारी भेटमा...
-
कमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित बनाउनु पर्छः सभामुख घिमिरे
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसदलाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता...
-
एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आज सुरु हुँदैछ ।महाधिवेशनको पार्टी अध्यक्ष माधवकुमार नेपालले काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा...
-
जनताको जीवनस्तर उकास्न कृषिमा आधुनिकीकरण आवश्यक छः राष्ट्रपती पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले धानखेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्दै धान उत्पादन एवं उत्पादकत्व बढाउन सरकार,...