पार्टी एकताको अन्तिम टुंगो लागिसक्यो भोली एकता घोषणा हुन्छः प्रचण्ड
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी स्थापनाको ७० आैं वर्षगाँठ भव्यताका साथ मनाएको छ ।
राजधानीको राष्ट्रिय सभागृहमा नेकपा अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यतामा नेकपाले पार्टी स्थापना दिवस र सम्मान कार्यक्रम मनाएको हो ।
प्रचण्डले पार्टी एकता विविध कारण लम्बिएको कारण अब भोली नै पार्टी कमिटिको एकताको घोषणा गर्ने समेत जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र आफूले बालुवाटारमा बसेर पार्टी एकता टुंगो लगाएर आएको र भोली त्यसको घोषणा हुने समेत दाबी गरेका छन् ।
पार्टी एकताका लागि अन्तिम रुप दिन दुईजना नेताहरुलाई जिम्मा दिएको समेत प्रचण्डले बताएका छन् । आफू आज राधानी बाहिर जान लागेको भन्दै साँझ फर्केपछि बालुवाटारमा छलफल गरेर भोली पार्टी एकतालाई अन्तिम रुप दिन लागिएको जानकारी गराएका छन् ।
जिल्लाको नेतृत्व र जनसंगठनहरुको एकता घोषणा समेत भोली नै हुने समेत दाबी गरेका छन् ।
पार्टी स्थापना कार्यक्रममा बोल्दै प्रचण्डले भने, पार्टीले सरकार र कामबारे समिक्षा गर्ने योजना बनाएको छ । दुई तिहाई बहुमतको सरकारका कामको समिक्षाका साथै जनअपेक्षाका बारेमा समेत गम्भीर समिक्षा गर्ने क्रममा छाैं ।
कम्युनिष्ट आन्दोलनमा सहयोग पुर्याएको भन्दै खम्बासिंह कुवरलाई सभागृहमा पहिलो सम्मान गरिएको छ ।
अध्यक्ष प्रचण्डले निमन्त्रणा कार्डलाई सामाजिक संजाल फेसबुकमा सेयर गर्दै कम्युनिष्ट आन्दोलनमा योगदान दिने सबैलाई सम्मान तथा पार्टी स्थापनाको ७० आैं वर्षगाँठमा सहभागी हुन आग्रह गरेका थिए ।
कार्यक्रमको अध्यक्षता भने नेकपा प्रदेश ३ अध्यक्ष नारायण दाहालले गरेका हुन् ।
Comments
अरु समाचार
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...
-
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
निर्धारित समयभन्दा अगाडि नै कतारी राजा काठमाडौं आइपुगे
काठमाडौं । निर्धारित समयभन्दा एक घण्टा अगाडि नै कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानी काठमाडौं आइपुगेका छन्...
-
पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...
-
भ्रष्टाचार मुद्धाको पूर्णपाठ नआउँदै मरासिनीलाई अर्थको साँचो, मुख्यसचिवको शंकास्पद भूमिका
काठमाडौं । नेसनल पेमेन्ट गेटवे सिस्टम भ्रष्टाचार मुद्दामा फैसलाको पूर्णपाठ नआउँदै मधुकुमार मरासिनी अर्थसचिव बनेका छन् । शुक्रबार मात्र उक्त...
-
पाँच प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
आजको मौसम: बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा हुने
काठमाडौँ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...