स्ववियु निर्वाचन अनिश्चितकालको लागी स्थगन गर्नु त्रिवि प्रशासनको असक्षमता
स्ववियू निर्वाचन अनिश्चितकालका स्थगनपछि विद्यार्थी नेता आक्रोशित, त्रिविविरुद्ध आन्दोलन गर्ने चेतावनी
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते तोकेको क्याम्पसहरुको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको छ ।
सोमबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले स्ववियू चुनाव अर्को सूचना नहुँदासम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापाले स्ववियू चुनाव स्थगित भएको सूचना आएको बताए । ‘सबै विद्यार्थी संगठन एकमत हुन नसकेकाले स्ववियू चुनाव स्थगित भएको छ’ उनले भने ।
त्रिविले रेक्टर नियुक्त गरेर स्ववियु निर्वाचनको वातावरण बनाउनुपर्योः राजिव ढुंगाना
नेविसङ्घका नवनियुक्त अध्यक्ष राजीव ढुङ्गानाले आफूहरुको पहिलो मुद्दा नै स्ववियु निर्वाचन भएकोले विगत १० वर्षदेखि हुन नसकेको निर्वाचनमा सक्रिय भाग लिने बताए।
तर ‘त्रिविमा निर्वाचन गर्ने प्रमुख निर्वाचन अधिकृत भनेको रेक्टर हो’, उनले भने, ‘त्रिविले चाँडै रेक्टर नियुक्त गरेर स्ववियु निर्वाचनको वातावरण बनाउनुपर्यो।’
‘हामी मनोनीत हुनासाथ हाम्रो पहिलो कार्यसूची नै स्ववियु निर्वाचन हो’ उनले भने, ‘निर्वाचनमा सक्रिय भाग लिएर सफल बनाउछौँ।’
उनले निर्वाचनका सम्बन्धमा त्रिवि पदाधिकारीसँग पनि आफूहरुले छलफल गरिरहेको समेत जानकारी गराए। उनले स्ववियु निर्वाचनको वातावरण बनाउन त्रिविलाई आग्रह गरे।
स्ववियु निर्वाचन सम्पन्न गर्न नसके त्रिविका पदाधिकारी र विद्यार्थी नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्छ: तिलकराज भण्डारी
त्रिभुवन विश्वविद्यालय प्रशासनले यो या त्यो बाहाना पटकपटक स्ववियु निर्वाचनकाे तालिका सार्वजनिक गर्नुकाे सट्टा स्ववियु निर्वाचन स्थगन गर्ने निर्णय समग्र विद्यार्थी आन्दाेलनकाे विरुद्धमा रहेकाे भण्डारीले बताए।
विश्वविद्यालयले यथासिघ्र विद्यार्थी संगठनहरुकाे बैठक बाेलाइ निर्वाचनकाे मिति र कार्यतालिका सार्वजनिक नगरे विश्वविद्यालका विरुद्ध अान्दाेलन केन्द्रित गर्ने समेत उनले जानकारी दिए ।
प्रत्येक वर्ष विभिन्न बहानामा स्ववियू निर्वाचन रोक्ने प्रवृत्ति दोहरिदै आएको बताउदै विश्वविद्यालय वा जुनसुकै संगठन र नेतृत्वको कारणले स्ववियू निर्वाचन रोकिए पनि उसको बाहना र असली नियत विद्यार्थीहरुको विचमा कहिलै छिपाउन सकेकाे देखिदैन । यदि स्ववियु निर्वाचन सम्पन्न हुन सकेन भने विश्वविद्यालयको पदाधिकारी र विद्यार्थी अान्दाेलनकाे नेतृत्व नैतिक जिम्मेवारी लिनुपर्ने भण्डारीकाे दावि छ । ।
त्रिविले यसअघि क्याम्पसहरुमा हाल रहेको स्वतन्त्र विद्यार्थी युनियनको कार्यकाल पूरा भएकाले नयाँ स्ववियू चुनाव फागुन १४ गते गर्ने निर्णय गरेको थियो ।
Comments
अरु समाचार
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...