ताजा समाचार

सर्वदलीय बैठक : कोरोना रोकथाममा गम्भीर बन्‍न सरकारलाई आग्रह

काठमाडाैँ ।  स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा भइरहेको कामको विवरण सर्वदलीय बैठकमा जानकारी गराएका छन्।

सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा मन्त्री ढकालले कोराना रोकथाम र नियन्त्रणमा सरकारको तर्फबाट भएका कामको विवरण प्रस्तुत गरेका हुन्। बैठकमा दलहरूले सर्वदलीय बैठक राख्नु सकारात्मक भए पनि कोरोना नियण्त्रणका लागि भइरहेको काम पर्याप्त नभएको नेताहरूको भनाइ छ।

बैठकमा सहभागी कांग्रेस संसदीय दलका प्रमूख सचेतक बालकृष्ण खाँडले कोरोना रोकथाम र नियण्त्रणका लागि गम्भीर बन्न सरकारलाई आग्रह गरेको जानकारी दिए। सरकार संवेदनशील र  गम्भीर भएर लाग्नुपर्ने बैठकमा सहभागी दलका नेताहरूले सुझाव दिएको खाँडले बताए। बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पेस गरेका कोरोनाको रोकथाम र नियन्त्रणबारे कार्ययोजनाबारे छलफल भएको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बोलाएको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल सहभागी थिए।

सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने गएनन्। राजपाका तर्फबाट राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र राय यादव तथा संघीय समाजवादी राजेन्द्र श्रेष्ठ सहभागी थिए। कांग्रेसबाट सभापति देउवा नगए पनि नेता बालकृष्ण खाण र गगन थापा सहभागी भएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org