जनप्रतिनिधिमाथि नै लाठी चार्ज कानूनी राज्यमाथि कै प्रश्न : डा.शेखर कोइराला
काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनप्रतिनिधिलाई नै लाठी चार्ज र दूर्व्यवहार गरिनुले कानूनी राज्यमाथिकै प्रश्न उठेको बताएका छन् ।
सर्लाहीको रामनगर गाउँपालिका–७ सिसौटका महेन्द्र रामको कुटपिटपछि उपचारका क्रममा मृत्यु भएको घटनाको जाहेरी दर्ता गर्न जाने क्रममा जनप्रतिनिधिलाई पनि लाठी चार्ज गरिएकोमा डा.कोइरालाले आपत्ति जनाएका छन् ।
कोइरालाले आज प्रेस वक्तव्य जारी गर्दै घटनाको जाहेरी लिन पनि नमान्ने र त्यसलाई दर्ता गर्न जाँदा कांग्रेस सांसद डा.अमरेश कुमार सिंह, सर्लाही कांग्रेस सभापति नगेन्द्र कुमार तथा प्रदेश सांसदलाई समेत प्रहरीले लाठी चार्ज गर्नुले कानूनी राज्यमाथिकै प्रश्न उब्जिएको बताएका छन् ।
आठ दिनसम्म अस्पतालमा महेन्द्र रामको शव राखिनु र मृतकका परिवारले दिएको जाहेरी दर्ता नगर्ने प्रहरीले प्रशासनले शान्तिपूर्ण र्यालीमा पनि दूर्व्यवहार गर्नुले नागरिकलाई कसरी न्याय मिल्ला भन्दै कोइरालाले आशंका व्यक्त गरेका छन् ।
कोइरालाले शान्तिपूर्ण र्यालीमा पक्राउ परेका सबैलाई रिहाइ गर्दै जाहेरी दर्ता गर्न पनि प्रशासनलाई आग्रह गरेका छन् ।
‘म प्रशासनको निर्देशनमा सुरक्षाकर्मीबाट भएको यो घटनाको घोर निन्दा र भर्त्सना गर्छु,’ कोइरालाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘पक्राउ परेका व्यक्तिहरुलाई अविलम्व रिहाइ गर्न, घटनाका घाइतेको उपचार गर्न, मृतकका परिवारको जाहेरी दर्ता गर्न र पीडित परिवारलाई न्याय दिइ आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछु ।’
गएको असोज २१ गते दुई पक्षबीच झडप हुँदा ६५ वर्षीय महेन्द्र रामको उपचारका क्रममा असोज २२ गते मृत्यु भएको थियो ।
Comments
अरु समाचार
-
देशलाई अस्थिरताबाट जोगाउन, ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्। प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा...
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...