सभामुखको पदमा बसेर संविधानको खिल्ली उडाँउदै
प्रतिनिधिसभा सभामुख की गुटको आदेशपालक
काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय इतिहासमै कालो धब्बा पोत्नुभएको छ ।
संबिधानअनुसार चल्नुको साटो आफ्ना युद्ध कमाण्डर पुष्पकमल दाहाल, प्रचण्डको आदेश नै संबिधान भन्ने निर्णयका साथ सभामुख सापकोटा संबैधानिक परिषदको बैठक बहिष्कार गरी लोकतन्त्र र संसदीय इतिहासमै कालो धब्बा बन्नु भएको हो ।
संबैधानिक परिषदका अध्यक्षका हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाउनु भएको संबैधानिक परिषदको बैठक सभामुख सापकोटाले प्रचण्डको आदेशमा बहिष्कार गर्नुभएको छ । सभामुख कुनै दलको सदस्य हुन नहुने संबैधानिक प्रावधानअनुसार निर्वाचित भएलगत्तै सापकोटाले नेकपाको स्थायी कमिटी सदस्इबाट राजीनामा दिनुभएको थियो । सभामुख दलको सदस्य हुन नमिल्ने, स्वतन्त्र हुनुपर्ने भएकै कारण पार्टी जिम्मेवारीबाट मुक्त हुनुभएका सभामुख सापकोटा आजबाट नेकपाको प्रचण्ड–माधव नेपाल समुहको सदस्यका रुपमा आफूलाई परिचित गराउनु भएको छ ।
संबैधानिक परिषदको बैठकमा उहाँले गुटले नजा भनेपछि कसरी सहभागी हुने भन्दै बहिष्कार गर्नुभएको छ । उहाँलाई नेकपा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपालले संबैधानिक परिषदको बैठकमा नजान आदेश दिनुभएको थियो । सोही आदेशअनुसार सभामुख सापकोटाले आजको बैठक बहिष्कार गर्नुभएको हो । बिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवा बैठकमा सहभागी हुँदा नेकपाबाटै उम्मेद्वार बनेर सभामुख निर्वाचित सापकोटा भने आफ्नो गुटको कारण बहिष्कारको निर्णयमा पुग्नुभएको हो । संसदीय इतिहासमा आफ्नै दलका अध्यक्ष प्रधानमन्त्री हुँदा सभामुखले संबैधानिक परिषदको बैठक बहिष्कार गरेको संभवत यो नै पहिलो पटक हो ।
बैठक बहिष्कार गरेको बिषयमा केही सांसदहरुले सभामुख सापकोटासँग जिज्ञासा गर्दा ‘प्रचण्डको आदेशबिना केही काम नगर्ने’ निर्णय सुनाउनु भएको छ । ‘सिएम (प्रचण्ड) को आदेशबिना मबाट केही हुन्छ र ? यो सभामुख पद त उहाँले दिलाएको हो, संबिधानले होइन, त्यसैले नजानु भन्ने आदेश आयो, गईंन,’ सभामुखसँग जानकारी माग्दा पाएको जवाफ उधृत गर्दै एक सांसदले भने । ती सांस्दका अनुसार संबिधानले जेसुकै भनेपनि सभामुखको हैसियतमा रहँदा आफूले संसदमा प्रचण्डको आदेशबाहेक केही नमान्ने निर्णयसमेत सनाउनु भएको छ ।
सभामुख सापकोटा गुटको आदेश पालक बनेर बैठक बहिष्कार गरेपछि संबैधानिक निकायमा रिक्त पदमा नियुत्तिःका लागि दोस्रो पटक आज बोलाइएको बैठक पनि बिनानिर्णय टुंगिएको छ । यसअघि आइतवार बोलाइएको बैठक बिपक्षी दलका नेता नआएको कारण स्थगित गरी आज बोलाइएको थियो । आजको बैठक बसे पनि सभामुख सापकोटाले बहिष्कार गरेको कारण बिना निर्णय टुंगिएको छ ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
राष्ट्रियसभाको बैठक पनि सर्यो
काठमाडौं । दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । संसद् सचिवालयका...
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना...
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...
-
सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।...
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित समितिको बैठक बस्दै
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका...
-
राष्ट्रियसभा बैठक बस्दै, प्रतिवेदन तथा अध्यादेश पेस गर्ने कार्यसूची
काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा...
-
प्रतिनिधिसभाको बैठक: राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।...