ताजा समाचार

असंवैधानिक कदम सच्याउन माग गर्दै प्रधानमन्त्रीलाई आज देशभरबाट विरोधपत्र पठाइँदै

काठमाडाैँ । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड-नेपाल पक्षले आज (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशभरबाट विरोधपत्र बुझाउँदै छ।

दोस्रो चरणको आन्दोलनअन्तर्गत आज ७७ वटै जिल्लाबाट प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउन लागिएको नेकपा केन्द्रीय संघर्ष समितिले जनाएको छ।

देशका सबै जिल्ला प्रशासन कार्यालयमार्फत संविधानको पुस्तकका साथ प्रधानमन्त्री ओलीलाई आफ्नो असंवैधानिक सच्याउन अनुरोध गरिनेछ।

यस्तै प्रचण्ड-नेपाल पक्षको अनेरास्ववियुले पनि आजै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र ज्ञापनपत्र बुझाउने कार्यक्रम गर्दै छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org