ताजा समाचार

तेस्रो जनआन्दोलन सुरु भयाेः नारायण वाग्ले

काठमाडाैँ । लेखक तथा पत्रकार नारायण वाग्लेले तेस्रो जनआन्दोलन सुरु भएको बताएका छन् । बालुवाटारमा प्रदर्शनका क्रममा सरकारले बर्बर दमन गरेको भन्दै उनले तेस्रो जनआन्दोलन सुरु भएको बताएका हुन् ।

‘हामीले लोकतान्त्रिक अधिकार प्रयोग गरी जिताएको सेवकले नै हामीमाथि बर्बर दमन गर्‍यो । हामी शान्तिपूर्ण आन्दोलन गर्छौं भनेका थियौँ । तर, बर्बर दमन गरियो । अब साथीहरू तेस्राे जनआन्दोलन सुरु भयाे ।’

प्रदर्शनका क्रममा प्रहरीले व्यापक लाठीचार्ज, अश्रुग्याँस र पानीकाे फाेहाेरा प्रहार गरेकाे थियाे । यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहानसमेत भएकाे थियाे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org