ताजा समाचार

कांग्रेसले घोषणा गर्‍यो थप आन्दोलनका कार्यक्रम

काठमाडाैँ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा थप आन्दोलन गर्ने निर्णय गरेको छ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले  जानकारी दिए।

उनकाअनुसार माघ १९ गते देशैभर भातृ संस्थाहरूको नेतृत्वमा सरकारविरूद्ध प्रदर्शन हुने निर्णय भएको छ।

यस्तै माघ २४ देशभर शुभेच्छुक संस्थाहरूको नेतृत्वमा देशैभर प्रदर्शन गर्ने पनि निर्णय भएको हो।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार माघ ३० गते जिल्ला कार्यसमितिहरूले प्रदर्शन गर्नेछन्। यस्तै आजको बैठकले महाधिवेशनबारे पनि केही निर्णय गरेको छ।

माघ मसान्तभित्र क्रियाशील सदस्यता वितरण र नवीकरण टुंग्याउन पनि निर्देशन दिइएको कांग्रेसले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org