ताजा समाचार

तीन महिनाभित्र सबै नेपालीले निःशुल्क खोप पाउँछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप ३ महिनाभित्र सबै नेपालीले पाउने बताएका छन् ।

उनले खोप निःशुल्क उपलब्ध गराउने बताए ।

वालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिए पनि सावधानी भने अपनाइरहनुपर्ने बताए ।

कोरोनाविरुद्धको लडाईलाई जारी राख्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले खोपको मात्रै भर परेर अन्य कुरामा लापरवाही गर्न नहुने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org