ताजा समाचार

वामदेवको ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा कार्यक्रम

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमको नेतृत्वको ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा कार्यक्रम सुरु भएको छ ।

ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रम गरी अभियानको घोषणा कार्यक्रम सुरु गरिएको हो । प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभक्त भएका बेला गौतमले पार्टी एकता राष्ट्रिय अभियान सुरु गरेका हुन् ।

कार्यक्रम  सहभागीलाई नेकपा एकता राष्ट्रिय अभियान अवधारणापत्र हस्तान्तरण गरिएको छ । अवधारणापत्रमा पार्टी एकताको कारण अध्यक्षद्वय बीचको अविश्वासलाई चित्रित  गरिएको छ । कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पनि निमन्त्रणा गरिएको छ । तर उनीहरू कार्यक्रममा उपस्थित भएका छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org