प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आज बुटवलमा विरोध सभा
काठमाडाैँ । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले आज (बिहीबार) बुटवलमा विरोध सभा गर्दै छ।
नेकपा संघर्ष समितिअन्तर्गत लुम्बिनी प्रदेश कमिटीले दिउँसोे १ बजे विरोध सभा आयोजना गर्न लागेकामे हो।
प्रादेशिक अस्पतालको उत्तरतर्फ खाली जग्गामा हुने सभालाई नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ।
संघर्ष समितिका संयोजक ठाकुर गैरेका अनुसार सभाअघि बुटवलका उत्तरतर्फ गोलपार्क, पश्चिमतर्फ जितगढी, पूर्व-दक्षिणतर्फ राजमार्ग चौराहाबाट जुलुस निकालिनेछ। सभामा २० हजार कार्यकर्ता सहभागी गराउने दाबी आयोजकले गरेको छ।
यस विषयमा छलफल गर्न बिहीबार बिहान काठमाडौंमा नेकपाको केन्द्रीय संघर्ष समिति बैठक बसेको थियो।
नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रचण्ड र नेपाल दुवै अध्यक्षको उपस्थितिमा बसेको समीक्षा बैठकमा अहिलेसम्मका आन्दोलनको समीक्षा पनि गरिएको नेताहरुले बताएका छन्।
ओलीको असंवैधानिक कदमविरुद्ध तेस्रो चरणको आन्दोलन गरेको नेकपाले आजको बैठकमा संघर्षलाई अझ सशक्त बनाउने र व्यापक जनसहभागिता बढाउने विषयमा छलफल गरेको थियो।
Comments
अरु समाचार
-
सुहाङले बुधबार बिहान सांसद पदको शपथ लिँदै
काठमाडौं । गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले बुधबार...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाइएको...
-
बर्खे अधिवेशनअघि प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासित सभामुखको छलफल
काठमाडाैँ । सभामुख देवराज घिमिरले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् । उनले आज बिहान साढे ११...
-
देशलाई अस्थिरताबाट जोगाउन, ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्। प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा...
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...