‘बहुमतको सरकार अपदस्त गरेर ‘कम्फर्टेबल’ सरकार बनाउन खोजे : गृहमन्त्री थापा
काठमाडाैँ । गृहमन्त्री तथा नेकपा ओलीपक्षका नेता रामबहादुर थापाले अदालतको निर्णय देशको पक्षमा नदेखिएको बताएका छन् ।
अदालतको निर्णयले शक्ति पृथकीकरण रहेको देखाएपनि अदालतको निर्णयले अस्थिरताको निर्माण गरेको उनले बताए । अदालतको निर्णय देशको पक्षमा नदेखिए पनि आफूहरुले मान्ने उनले सुनाए । सोमबार गण्डकी प्रदेशस्तरीय नेताकार्यकर्ता भेलामा बोल्दै उनले यस्तो बताएका हुन् ।
अदालतको निर्णयले देशलाई अस्थिरतातिर धकेलेको बताए । नेपालमा समृद्धि देख्न नचाहनेले सरकारमा परिवर्तन चाहेको बादलले बताएका छन् । अदालतको निर्णय होस् वा नेकपाकै नेताका भाषणले नेपाल अरुको खेलमा परेको उनको आशय थियो । समाजवाद र समाजवादका विरोधी, राष्ट्रवाद र राष्ट्रियताविरोधीको संघर्षले अहिलेको राजनीतिक परिघटना बनेको थापाले बताए ।
‘पूर्व कमरेडहरुको भनाइ, र जसरी कम्फर्टेबल सरकारको बारेमा कुरा आएको छ, त्यसैले देखाउँछ अहिलेको अवस्थाको कारण,’ उनले भने । उनले नेताकार्यकर्तालाई राष्ट्रवाद वा विरोध कता लाग्ने कित्ता प्रस्ट पार्न आग्रह गरे । अहिले नेपाली जनताहरु एकता, समृद्धि चाहेपनि पार्टीकै केही नेताहरु फुटको पक्षमा उभिएको थापाको तर्क थियो । पार्टीको अध्यक्षलाई नेतृत्वबाट हटाउनुपर्छ, कारबाही गर्नुपर्छ भन्दै फुटमा लागे । ‘एकथरी कमरेडले आरोपपत्र निकाले, त्यो भनेको नेतृत्व हत्याउने हो, फुटको विचारलाई अघि बढाउनु हो,’ उनले भने, ‘हामी एकताको पक्षमा छौं, एकताले मात्र समृद्धिको दिशामा लान सक्छौं ।’
अब ओलीइतर नेताहरुले आफ्नो गल्ति मानेर फर्किएमात्र पार्टी एक हुनसक्ने बताए । नेताहरु गलत बाटोमा हिँडिरहेको र यो सच्चिने बाटो रहेको बादलले बताए । भदौ २६ को निर्णयहरुलाई अर्को पक्षले कार्यान्वयन गरे पार्टीकै नेतृत्वमा सरकार समृद्धिको दिशामा जान सक्ने उनको भनाइ थियो ।
नेकपा अध्यक्ष प्रचण्डलाई कटाक्ष गर्दै उनी कम्फर्टेबल सरकार बनाउन लागेको बताए । ‘जनताले राष्ट्रियताका लागि मत दिएका हुन्, बहुमतको सरकार अपदस्त गरेर कम्र्फटेबल सरकार बनाउन लागे,’ उनले भने, ‘समाजवादको खोल ओढेर दलाल पुँजीवाद ल्याउन खोजे एकथरी कमरेडहरुले ।’ अब सडकको मोर्चाबाट सदनको मोर्चामा परिवर्तन भएको र सदनको मोेर्चाले सरकारको बचाउ गर्ने उनले बताए ।
Comments
अरु समाचार
-
बागमती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत,आजै दिउँसो ३ बजे प्रदेशसभामा प्रस्तुत गरिने
काठमाडौं । आज बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ...
-
गृहमन्त्री लामिछानेलाई पदबाट निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दर्ता
काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता...
-
आजको राशिफलः आज २०८१ जेठ १४ गते सोमवार
मेष: परिश्रमले धेरैको मन जित्न सकिनेछ। मिहिनेतले लोकप्रियता हासिल गर्न सकिनेछ। पेसामा पनि प्रशस्त फाइदा हुनेछ।आजको दिन केही संघर्षमय रहने...
-
प्रदेश सरकारको अनुभूति गराउन कृषि र उद्योगमा सहयोग : मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको अनुभूति गराउन कृषि र उद्योग क्षेत्रमा सहयोग उपलव्ध गराउँदै आएको बताउनुभएको...
-
सोमबारसम्म संसद्को गत्यावरोध अन्त्यका लागि सहमति हुन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को गत्यावरोध अन्त्यका लागि बैठक सुचारु गर्ने सम्बन्धमा आज नभए भोलिसम्म सहमति र समझदारी...
-
सरकारको आगामी आवको नीति तथा कार्यक्रम पारित
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१र०८२ को नेपाल सरकारको वार्षिक...
-
देउवालाइ भेट्न बुढानीलकण्ठ पुगे प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्री दाहाल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर...
-
मेयर बालेनले कानुनी राज्यकाे उपहास गरेको सडक डिभिजन काठमाडौंको प्रतिक्रिया
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो कार्यालय प्रवेशद्वारमा फोहोर फालेको भन्दै सडक विभाग अन्तरगत रहेको सडक डिभिजन काठमाडौंले गम्भिर ध्यानाकर्षण भएको...
-
टीओआर टुंगाे लगाउन आज पनि प्रमुख राजनीतिक दलका नेताहरुबीच छलफल हुँदै
काठमाडौं । सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच...