मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावको तयारी
मुख्यमन्त्री कांग्रेसले पाउने सहमतिअनुसार अविश्वास प्रस्ताव दर्ता हुदै
काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको छ ।
प्रदेशसभामा प्रस्ताव दर्ता गराउन कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाबीच गठबन्धनकाे प्रयास भइरहेको छ । त्यसका लागि कांग्रेसले आन्तरिक छलफल तीव्र पारेको छ ।
विपक्षी दलहरूबीच सहमति जुटेको अवस्थामा कांग्रेसको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता हुने बताइएकाे छ ।
मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न विपक्षी दलहरूबीच अनौपचारिक छलफल तीव्र पारिएका छन् । टुंगो लागि नसकेको भए पनि एक हप्ताभित्रै अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको कांग्रेस स्रोतले बतायाे ।
माओवादी केन्द्र, जसपा र जनमोर्चाको समर्थनमा मुख्यमन्त्री कांग्रेसले पाउने सहमतिअनुसार अविश्वास प्रस्ताव दर्ता हुन लागेको हो ।
लुम्बिनीको प्रदेशसभा ८७ सदस्यीय छ । त्यसमा ४१ जना सांसद एमालेका हुन् । बहुमतका लागि ४४ सदस्य आवश्यक पर्छ । लुम्बिनी प्रदेशमा माओवादी दोस्रो दलको रूपमा छ । माओवादीसँग २० सांसद छन् भने तेस्रो ठूलो दल कांग्रेससँग १९ सांसद छन् । जसपाका ६ र जनमोर्चाका १ जना सांसद छन् ।
गठबन्धन सफल भएमा एमालेविरुद्ध ४६ सांसद एकठाउँ हुनेछन् । यसाे भएमा मुख्यमन्त्री अल्पमतमा पर्नेछन् । तर, अहिले माओवादी केन्द्रका दुईजना सांसदको पद खारेजी प्रक्रियामा छ । माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका कारण सांसदद्वय दधिराम न्यौपाने र दिनेश पन्थीको सांसद पद जाेखिममा छ ।
यसले मुख्यमन्त्री पोखरेलविरुद्धको समीकरणका लागि केही समस्या भने पार्ने छ । त्यसबाहेक एमालेभित्रै माधव नेपाल र झलनाथ खनाल पक्षका सांसदको भूमिका पनि पोखरेलको पद जोगाउने वा हटाउनेमा महत्त्वपूर्ण हुनेछ । लुम्बिनीमा खनाल-नेपाल समूहमा दुई सांसद छन् ।
एमालेले माओवादी नेतृत्वकाे कर्णाली प्रदेश सरकार ढाल्ने तयारी गरेपछि माओवादी लुम्बिनी प्रदेश ढाल्न लागिपरेकाे हाे । त्यसका कांग्रेस सहमत भएको हो । मुख्यमन्त्री पोखरेललाई विपक्षी गठबन्धनले हटाएमा प्रधानमन्त्री केपी ओलीका लागि त्याे ठूलो धक्का हुनेछ ।
Comments
अरु समाचार
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...