ओलीको कदमलाई हामीले प्रतिगामी भनेका थियौं, प्रतिगामनकारीसँग गठबन्धन हुँदैन: महिन्द्र राय यादव
पार्टीको निर्णयविपरीत कसले के गर्छ, के बोल्छ? कोसँग भेटघाट गर्छ भन्ने कुराले ठूलो अर्थ राख्दैन
जनता समाजवादी पार्टी (जसपा)नेता महिन्द्र राय यादवले प्रतिगमनविरोधी शक्तिहरू मिलेर नयाँ गठबन्धन बनाउनु पर्ने बताएका छन्।
आफ्नो पार्टीले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भनेको र अहिलेसम्म यो निर्णय परिवर्तन नभएकाले प्रतिगमनकारीसँग गठबन्धन नहुने उनले बताए।
‘हामीले प्रतिनिधि सभा विघटनलाई प्रतिगामी कदम भनेको हो। सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई सच्याएको छ। यो राम्रो पक्ष हो,’ यादवले भने,’पार्टीको निर्णयविपरीत कसले के गर्छ, के बोल्छ? कोसँग भेटघाट गर्छ भन्ने कुराले ठूलो अर्थ राख्दैन।’
आफूहरूको समर्थन पाएरसमेत प्रधानमन्त्री ओलीले कुनै मागलाई सम्बोधन नगरेको उनले बताए।
‘जतिबेला संविधान संशोधनका लागि दुई तिहाइ पुग्थ्यो त्यो बेलामा कुनै चासो भएन। अहिले दलहरूका बीचमा सहमति जुटाउन कठिन छ,’ उनले भने,’आफ्नो सत्ता जोगाउन प्रधानमन्त्री ओलीले हाम्रा माग पूरा गर्छु भनेर हुँदैन। हामीले प्रधानमन्त्री ओलीलाई साथ दिने कुनै निर्णय गरेका छैनौं र गर्ने सम्भावना पनि निकै कम छ।’
जसपाभित्र प्रधानमन्त्री ओलीको गठबन्धनमा जाने वा कांग्रेस-माओवादी गठबन्धनमा जाने भन्नेमा दुई धार देखिएको छ।
अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोसहितका पूर्वराजपा पक्षधर ओलीसँग निकट छन्। संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलगायतका पूर्व संघीय समाजवादी फोरम पक्षधरहरू कांग्रेस-माओवादीसँग गठबन्धन गर्ने पक्षमा छन्।
पूर्व राजपाभित्रै पनि ओलीसँग सहकार्य गर्न नहुने मत रहेको छ। जसपा नेता यादव पूर्वराजपा पक्षधर हुन्। उनी राजपा अध्यक्ष मण्डलका सदस्य थिए। २०७४ को निर्वाचनमा राजपाका तर्फबाट उनले सर्लाही -२ बाट निर्वाचन जितेका हुन्।
Comments
अरु समाचार
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरीः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको...
-
विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
काठमाडौं । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न...