प्रतिनिधिसभा बैठकका लागि सांसदलाई तोकियो यस्तो स्वास्थ्य मापदण्ड
काठमाडाै । प्रतिनिधिसभाको बैठक बस्नुभन्दा ४ दिन अगावै सांसदलगायत कर्मचारीको कोरोनाभाइरस कोभिड—१९ परीक्षण गरिएको छ । वैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकसम्ममा सांसद र कर्मचारी संक्रमति हुन सक्ने सम्भावना भएपनि बुधबार / बिहिबार कोरोना परीक्षण गरिएको हो ।
कोरोना संक्रमित जुन बेलापनि हुन सक्ने भएकाले तीन/तीन दिनको अवधिमा सांसद र कर्मचारीको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिने भएको छ । संक्रमणको आशंका लागेमा जुन समयमा पनि पिसिआर सकिन्छ । तर, सांसद कर्मचारीलाई तीन/तीन दिनको अवधिमा पिसिआर तथा एन्टिजोन परीक्षण गरिने भएको छ ।
संक्रमणको उच्च जोखिम रहेकाले सांसद भवनमा कडा निगरानी राखिने भएको छ । सांसदहरु आप्mनो सिट बाहेक अन्य सिटमा बस्न पाउने छैनन् । सामाजिक दूरी कायम गरिने छ । यदि सांसदले मास्क नलगाउने वा चिउँडोमा झारेको खण्डमा सुरक्षाकर्मी भित्र पस्न नदिने, संक्रमितलाई होटल आइसोलेशनमा राख्ने, कोरोना परीक्षण गरिएपनि ज्येष्ठ उमेर समूहका सांसद, दीर्घरोगीलाई फ्रन्टलाइन नराखेर छुट्टै कडा निगरानीमा राखिने संघीय संसदका बैठक सञ्चालन स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धमा छलफलमा सहभागी एक चिकित्सकले बताए ।
यस्तै हेल्थ टिमले प्रत्येक दिन सांसद तथा कर्मचारीलाई मनिटरिङ गर्ने छ । यस्तै तापक्रम नापेर त्यसको आधारमा सांसद भवनभित्र प्रवेश दिने वा नदिने भन्ने बारेमा हेल्थ टिमले निर्णय लिन्छ ।
यस्तै बुधबार सांसदलगायत कर्मचारीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा ४ जना सांसदमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै दुई कर्मचारीको पनि पोजेटिभ रिपोर्ट आएको छ ।
संसद्को विशेष अधिवेशन हुनुभन्दा ४ दिनअघि कोरोना पिसिआर परीक्षणमा सभामुख अग्निप्रसाद सापकोटा र उनको सचिवालयका सबैको नेगेटिभ नतिजा आएको छ । प्रतिनिधिसभाका एक दर्जन बढी सांसदलाई कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।
Comments
अरु समाचार
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरीः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको...
-
विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
काठमाडौं । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न...
-
एकीकृत समाजवादी महाधिवेशनको तयारी सुरु
काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीले अन्य कमिटीलाई...
-
उपचुृनावको नतिजाले एमाले उत्साहित,नयाँ शक्तिको भविष्य अन्योल
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा गरी दुई वटा सिटमा भएको उपचुनावमध्ये दुवै सिट नेकपा एमालेले जितेको छ ।...
-
सीके राउतले रवि लामिछानेलाई दिए यस्तो सुझाव: जमानत जफत भएपछि अब विचार गर्नुहोला
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले इलाम–२ मा भएको उपनिर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेकै जस्तो मत आएको बताएका छन्...