एमाले एकता टर्दै, माधव पक्षका सांसदले गरे राजीनामा पत्रमा हस्ताक्षर
काठमाडौं । नेकपा एमालेको विभाजन रोक्ने प्रयास सफल नभएपछि माधव नेपाल पक्षका सांसदहरुले वैशाख २७ गतेको प्रतिनिधिसभा अधिवेशन अघि नै राजिनामा दिने भएका छन् ।
यसबीचमा भएका वार्ता सफल नभएको र कांग्रेस–माओवादी गठबन्धनसँग राष्ट्रियसभा उपनिर्वाचनदेखि केपी ओली सरकार ढाल्नेसम्मको सहकार्य अघि बढिसकेकाले तत्काल पार्टी एकताको सम्भावना टरेको माधव नेपाल पक्षले जनाएको छ ।
नेपाल पक्षका सांसदले शनिवार साँझ सांसद पदबाट राजीनामाको पत्रमा हस्ताक्षर गरी माधव नेपाललाई बुझाएका छन् । नेपाल निकट स्रोतका अनुसार २० जना सांसदको राजीनामा तयार छ ।
अब केपी ओलीलाई सत्ताच्यूत गरेपछिमात्र नयाँ आधारमा एमालेको एकता खोज्ने वा नयाँ पार्टी गठन गर्ने बारे प्रक्रिया अघि बढ्ने नेताहरुले बताएका छन् । माधव नेपालसहित भीम रावल,युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य लगायतका नेताहरु ओलीलाई सत्ताच्यूत नगरी एमाले एकता सम्भव नहुने पक्षमा उभिएका छन् ।
माधव पक्षका एक सांसदले भने–हामीले राजीनामा पत्रमा हस्ताक्षर गरेर माधव नेतृत्वलाई बुझाएका छौं । दुःखका साथ भन्नुपर्छ अब एमाले एकता जोगाउन सकिएन ।
यसबीचमा सुरेन्द्र पाण्डे,घनश्याम भुसाल,योगेश भट्टराई,गोकर्ण विष्ट,सोमप्रसाद पाण्डे लगायतले पार्टी एकताका लागि केपी ओली पक्षसँग छलफल गरेका थिए ।
तर कांग्रेस सभापति शेरवहादुर देउवाले माधव पक्षका सांसदको राजीनामा नआई ओली हटाउने प्रक्रिया अघि बढाउन नचाहेपछि नेपाल निकट सांसदको राजीनामा पत्रमा हस्ताक्षर गराइएको हो ।
एमालेमा माधव पक्षका पत्यक्ष निर्वाचित २२ र समानुपातिक १२ जना सांसद छन् । तत्काल प्रत्यक्ष निर्वाचितले राजीनामा दिँदा ओली सरकार ढाल्न संख्या पुग्ने आँकलन सहित पत्यक्ष निर्वाचितले मात्र राजीनमा पत्रमा हस्ताक्षर गरिएको ती सांसदले बताए ।
उनका अनुसार माधव नेपालले देउवालाई सो हस्ताक्षर देखाउने र संघीय संसद सचिवालयमा पेश गर्ने तयारी छ ।
Comments
अरु समाचार
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...