कालंगा हाइड्रोले दियो १० सिलिण्डर अक्सिजन जिल्ला अस्पताल बझाङ र बुङ्गल नगरपालिकालाई
बझाङ । कालंगा हाइड्रोले बुङ्गल नगरपालिकालाई १० थान अक्सिजन सिलिण्डर दिएको छ । देशभर अक्सिजन अभावले संक्रमितले धमाधम ज्यान गुमाइरहेका बेला बझाङमा निर्माणाधिन कालंगा हाइड्रो प्रा.लि.ले जिल्ला अस्पताल र बुङ्गल नगरपालिकालाई १० थान अक्सिजन सिलिण्डर प्रदान गरेको हो । हाइड्रोले ७ हजार लिटर अक्सिजन क्षमताका ८ वटा सिलिण्डर जिल्ला अस्पताललाई र २ वडा सिलिण्डर बुङ्गल नगरपालिकाले निर्माण गरेको त्रिवेणी आदर्श क्याम्पसमा बनाइएको आइसोलेसन सेन्टरलाई हस्तान्तरण गरेको मेकानिकल इन्जिनियर तथा प्रोजेन्ट इन्चार्ज गणेश अधिकारीले बताउनुभयो ।
कोरोना महामारी बढ्दै गएका बेला जिल्लामा कोरोना संक्रमितहरुलाई अक्सिजनको समस्या हुने भएकाले कालंगा हाइड्रोले परियोजना निर्माणका लागि राखिएका सिलिण्डरहरु जिल्लाका स्वास्थ्य संस्था र आइसोलेसनलाई सहयोग गरेको बताएको छ ।
हाइड्रोले सहयोग गरेका १० वटा सिलिण्डरबाट ७० हजार लिटर अक्सिजनको व्यवस्थापन हुने र स्वास्थ्य संस्थामा रहेका अक्सिजन वितरण गर्न उपकरणका आधारमा एउटै सिलिण्डरबाट एक जनाभन्दा बढीलाई अक्सिजन दिन मिल्ने प्रोजेक्ट इन्चार्ज अधिकारीले बताए।
यस्तै अहिले बुङ्गल नगरपालिकामा कोरोना संक्रमितको संख्या ३४ पुगेको छ । नगरपालिकाले निर्माण गरेको कफलसेरी कोभिड अस्पतालमा १७ जना उपचार गराइरहेका छन् भने त्रिवेणी आदर्श क्याम्पसको आइसोलेसनमा ११ जना र होम आइसोलेसनमा ६ जना रहेको बुङ्गल नगरपालिकाको स्वास्थ्य शाखा सहसंयोजक बसन्तराज जोशीले बताउनुभयो । संक्रमित हुनेमा बुङ्गल नगरपालिकामा कार्यरत ६ जना स्वास्थ्यकर्मी, एक जना पत्रकार र अन्य २७ जना सर्वसाधारणहरुलाई कोरोना संक्रमण देखिएको जोशीले बताए । संक्रमित १ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल बझाङ रेफर गरिएको छ भने अन्य ३३ जनाको अवस्था सामान्य रहेको छ ।
Comments
अरु समाचार
-
अदुवा उत्पादक कृषक मारमा
काठमाडौं । समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक कृषक चिन्तामा परेका छन् । बैशाख दोस्रो साताभित्र अदुवा...
-
देशलाई अस्थिरताबाट जोगाउन, ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्। प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा...
-
चोरले एक तोला सुन निलेपछि
काठमाडौं । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१...
-
संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्ः मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएका छन् ।...
-
बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो
काठमाडौं । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।...
-
क्याबिनेट बैठक अपरान्ह बस्दै
काठमाडौँ। आज मन्त्रीपरिषद्को बैठक बस्दै छ । बैठक आज अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको...
-
खडेरीले सुक्न थाल्यो मकै
काठमाडौं । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा...
-
नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष
काठमाडाैँ । राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्याङ्क कार्यालयले उक्त तथ्य सार्वजनिक...
-
आज बागमती प्रदेशमा सार्वजनिक बिदा
काठमाडौं । बागमती प्रदेश सरकारले आज (सोमबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बागमती सरकारले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा...