सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी राखेकोमा योगेश भट्टराई असन्तुष्ट !
काठमाडाै । सरकारले ताप्लेजुङस्थित सुकेटार विमानस्थलको नाम ‘रवीन्द्र अधिकारी विमानस्थल’ राख्ने भनेपछि पूर्वपर्यटन मन्त्री योगेश भट्टराईले तीव्र असन्तुष्टि जनाएका छन्।
शनिबार बजेट भाषण गर्ने क्रममा अर्थमन्त्री विष्णु पौडेलले सुकेटार विमानस्थललाई अब रवीन्द्र अधिकारी विमानस्थल भनिने भनेको भोलिपल्ट आइतबार बिहान नेकपा एमालेका नेता भट्टराईले यसमा व्यापक छलफल र सहमित हुन आवश्यक रहेको बताएका हुन्।
‘ऐतिहासिक रूपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरूको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिक स्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नु पर्दछ,’ पूर्वपर्यटनमन्त्री भट्टराईले भनेका छन्, ‘यसरी मात्र सहभागितामूलक लोकतन्त्र बलियो हुन सक्छ। असल काम पनि असल नियत र सही प्रक्रिया गरियो भने मात्र सही परिणाममा पुग्न सकिन्छ। अन्यथा विवाद विभाजन र अनावश्यक तनाव मात्र झेल्नुपर्दछ।’
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टी हेलिकप्टर २०७५ फागुन १५ गते ताप्लेजुङको पाथीभरास्थित सिस्नेभीरमा दुर्घटना हुँदा उनीसहित ७ जनाको निधन भएको थियो। दुर्घटनामा अधिकारीसहित पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोक्षिभय र हेलिकोप्टर चालक प्रभाकर केसीको निधन भएको थियो।
Comments
अरु समाचार
-
तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प
काठमाडाैँ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ। विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो। वैशाख...
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...
-
उपनिर्वाचन शान्तिपूर्ण, सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु
काठमाण्डौ । उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान जारी छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको...
-
धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव
धनकुटा, ५ वैशाख: पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव...
-
इलामको माइजोगमाईमा साना सिँचाइ कार्यक्रम सुरु
काठमाडौं । जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुयाउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ...
-
दमकस्थित लाइफलाइन अस्पतालको भवनमा आगलागी
२८ चैत, दमक । दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल...
-
सुहाङले इलाम-२ मा ५ हजार मत अन्तरले जित्ने दावी
झापा । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता हिक्मत कार्कीले इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्बाङले करिव ४ देखि...