प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
काठमाडाैँ । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक आज बस्दैछ। मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने प्रयोजनको लागि आज (आइतबार) दिउँसो साढे १२ बजे प्रदेशसभा बैठक बस्न लागेको हो।
मुख्यमन्त्री आचार्यले गएको २५ असोजमा विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा पेश गरेका थिए।
नेकपा एमालेको विरोधका कारण प्रदेशसभामा मतदान प्रक्रिया पछि सरेको थियो। मुख्यमन्त्रीको प्रस्तावमा गएको शुक्रबारै मतदान गर्न विपक्षी गठबन्धनले माग गरेका थिए। तर, सभामुख र एमाले त्यसका लागि तयार नभएपछि त्यो प्रक्रिया आजका लागि सारिएको हो।
सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। एमाले विभाजन भएको भोलिपल्ट (९ भदौमा) आचार्य मुख्यमन्त्री बनेका थिए। त्यतिबेलै अल्पमतमा परेपनि प्रक्रिया पछि धकेलिँदा मुख्यमन्त्री आचार्य अझै पदमा कायम छन्।
मुख्यमन्त्री बनेदेखि नै अल्पमतमा परेपनि आचार्यले विश्वासको मत लिन आनाकानी गर्दै आएको विपक्षी गठबन्धनको आरोप छ।
प्रदेश नम्बर १ को प्रदेशसभामा सत्तारूढ एमालेका ४१ सांसद छन्। तर, सभामुख र एक जना फरार सांसदको संख्या घटाउँदा प्रदेशसभामा एमालेका ३९ जना मात्रै सांसद हुन्छन्। सरकारी छाप र हस्ताक्षर किर्ते गरेको अभियोगमा उच्च अदालत विराटनगरले एक वर्ष कैद र १४ हजार पाँच सय ८३ रुपैयाँ जरिबानाको सजाए सुनाएपछि सांसद गुलेफुन खातुन फरार छिन्।
प्रदेश १ को प्रदेशसभामा कुल सांसद संख्या ९३ छ। सरकार बनाउनका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।
प्रतिपक्षी गठबन्धनसँग भने ५० सांसद संख्या सजिलै पुग्ने देखिन्छ। प्रदेशसभामा कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मञ्चका १ जना सांसद छन्।
प्र देश १ मा मुख्यमन्त्री आचार्यको सरकार ढालेर एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने विपक्षी गठबन्धनको तयारी छ
Comments
अरु समाचार
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...
-
उपनिर्वाचन शान्तिपूर्ण, सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु
काठमाण्डौ । उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान जारी छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको...
-
धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव
धनकुटा, ५ वैशाख: पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव...
-
इलामको माइजोगमाईमा साना सिँचाइ कार्यक्रम सुरु
काठमाडौं । जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुयाउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ...
-
दमकस्थित लाइफलाइन अस्पतालको भवनमा आगलागी
२८ चैत, दमक । दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल...
-
सुहाङले इलाम-२ मा ५ हजार मत अन्तरले जित्ने दावी
झापा । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता हिक्मत कार्कीले इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्बाङले करिव ४ देखि...
-
खोटाङमा सञ्चालित बृहत् स्वास्थ्य शिविरबाट छ हजार लाभान्वित
काठमाडौं । खोटाङ सेवा समाजले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर शुक्रबार साँझ सम्पन्न भएको छ । ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान...
-
गुराँसको राजधानी टिएमजे मनमोहक (फोटो फिचर)
गुराँसको राजधानी तिनजुरे-मिल्के-जलजले यतिबेला मनमोहक देखिएको छ । यस वर्षको सिजनको फुल लालीगुराँस फुलले टीएमजे क्षेत्र मनमोहक देखिएको हो। विशेषगरि ...
-
खाँदबारी–किमाथाङ्का सडकको साढे छ किलोमिटर ट्रयाक खुल्यो
काठमाडौं । राष्ट्रिय गौरवको किमाथाङ्का–खाँदबारी सडकको साढे छ किलोमिटर मार्ग (ट्रयाक) खोलिएको छ । भौगोलिक हिसाबले विकट मानिएको किमाथाङ्का–खाँदबारी सडकको...