नारायणी किनार बन्यो एमालेमय (फोटोफिचर)
चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनले नारायणी नदीको किनारको रौनकता बढेको छ। एमालेमय बनेको उद्घाटन सत्रको ठूलो मञ्चले सबैको ध्यान तानेको छ।
शुक्रबार उद्घाटन हुने मुल समरोहको तयारी तीब्र पारिएको छ। अहिलेसम्म ७५ प्रतिशतको काम पूरा भएको स्वयंसेवक परिचालन कमिटीका संयोजक विनोद श्रेष्ठले बताए। ‘मञ्च बनाउने काम हामीले राति बाह्र बजेसमम भएपनि काम गरेका छौँ’ उनले भने ‘ बिहीबार बेलुकीसम्म हामीले मूल आयोजकलाई मञ्च हस्तान्तरण गर्ने योजना हो। ’
नदी किनारलाई सजाउन थालिएको छ। नारायणी नदी पारिपट्टि एमालेका ठूला ब्यानर राखिएको छ।
मूल समारोहका लागि स्टेज निमार्णको अन्तिम चरण्को काम भइरहेको छ। महाधिवेशनमा २१ वटा सेल्फी प्वाइन्ट तयार गरिदैँछ। चितवनतर्फ २१ र गैँडाकोटतर्फ चार सेल्फी प्वाइन्ट रहनेछन्। मञ्चको अघिल्लो भागको दायाँतर्फ पार्टीको झण्डा बोकेको गैडाको मूर्ति रहनेछ। त्यसको केही मिटरको फरकमा मजदुरले उचाल्दै गरेको पृथ्वी रहने छ। महाधिवेशन उद्घाटन सत्रमा २३ स्थानमा एमालेको प्रचारमूलक तस्बिर रहनेछन्।
महाधिवेशनको बन्द सत्र हुने सौराहामा चहलपहल बढेको छ। महाधिवेशन प्रतिनिधिहरु बिहीबारबाट चितवन आउनेछन्। नेकपा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले तयारी अन्तिम चरणमा भएको बताए।
एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ। नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी स्थलमा उद्घाटन सत्र गरिने छ। बन्दसत्र सौरहाको होटल सेभेनस्टल परिसरमा हुने छ। बन्दसत्रका लागी तीन हजार पाँच सय कोठा एमालेले बुकिङ गरेको छ।
नेकपा एमालेको महाधिवेशनमा १५ सय बढी सुरक्षाकर्मी परिचालन हुँदैछन्। महाधिवेशनलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्ग र नारायणगढ मुग्लिन सडकखण्डका मुख्य क्षेत्रमा ठाउँठाउँमा स्वागतद्वार निर्माण गरिएको छ।
Comments
अरु समाचार
-
सुहाङले बुधबार बिहान सांसद पदको शपथ लिँदै
काठमाडौं । गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले बुधबार...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाइएको...
-
बर्खे अधिवेशनअघि प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासित सभामुखको छलफल
काठमाडाैँ । सभामुख देवराज घिमिरले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् । उनले आज बिहान साढे ११...
-
देशलाई अस्थिरताबाट जोगाउन, ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्। प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा...
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...