पर्यटन प्रवर्द्धन गर्न महाधिवेशनमा गैंडाले कम्युनिस्ट पार्टीको झन्डा समातेको लोगो बनायौं : ज्ञवाली
काठमाडौँ । नेकपा (एमाले)को दशौं महाधिवेशन चितवनको नारायणी किनारमा सुरु भएको छ ।
यो महाधिवशेनका लागि एमालेले कम्युनिस्ट पार्टीको हँसिया हथौडा अंकित झन्डा एकसिंगे गैँडाको हातमा थमाएको कुराले चर्चा पाएको छ ।
कम्युनिस्ट पार्टीले महाधिवेशनका लागि बनाएको लोगोमा एकसिंगे गैँडाको हातमा कम्युनिस्ट पार्टीको झन्डा थमाएको विषयमा भएका चर्चाप्रति एमाले सचिव प्रदीप ज्ञवालीले असन्तुष्टि जनाएका छन् । उनले किन गैंडाको हातमा पार्टीको झन्डा राखिएको हो भन्ने प्रष्टीकरण दिएका छन् ।
महाधिवेशनको उद्घाटन कार्यक्रम सञ्चालन गरिरहेका ज्ञवालीले लोगोमा गैंडाको हातमा झन्डामाथिका चर्चाका क्रममा आएका कुराबारे जवाफ दिएका थिए । ज्ञवालीले पर्यटन प्रबर्धन गर्नका लागि एमालेले लोगोमा गैंडाको हातमा झन्डा थमाएको बताए ।
‘महाधिवेशनको लोगोको रूपमा एकसिंगे गैँडालाई अगाडि सारेका छौं । फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार भनेझैं केहीले केहीले अब नेकपा (एमाले) अब लोप हुने भयो, गैँडाजस्तै भन्ने टिप्पणी गर्न पनि भ्याउनुभयो । उहाँहरूको टिप्पणी गर्न पाउने स्वतन्त्रताका लागि हाम्रो पार्टीका अध्यक्ष अध्यक्ष १४ वर्ष जेल बस्नुभएको हो । हाम्रो पुस्ता लड्यो,’ यति भनिसकेपछि गैंडालाई झन्डा थमाउनुको कारणबारे उनले थपे, ‘एक सिंगे गैंडा दुर्लभ प्राणी हो । यो नेपालमा पाइन्छ, चिवतनमा पाइन्छ । हामीले नेपालको पर्यटन ब्रान्डिङ गर्न खोझेका हौं । पर्यटनका लागि नेपाल सुरक्षित छ भन्न खोजेका हौं ।’
नेपालको पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश फैलाउन र पर्यटन प्रवर्द्धन गर्नका लागि गैंडाको हातमा झन्डा भएको लोगो तयार पारिएको ज्ञवालीको भनाइ थियो ।
Comments
अरु समाचार
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरीः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको...
-
विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
काठमाडौं । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न...