महाधिवेशनको ‘म्यान्डेट’ हेरेर उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ : नेता नेम्वाङ
काठमाडाैँ । नेकपा एमालेको दशौँ महाधिवेशनमा नेता सुवासचन्द्र नेम्वाङले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
वरिष्ठ उपाध्यक्ष दाबी गरिरहेका नेम्वाङले महाधिवेशनको म्यान्डेटले उपाध्यक्षमा लड्नका लागि आदेश दिएको बताएका छन् । चितवनमा रहेका नेम्वाङले सोमबार दिउँसो पत्रकारहरूसँगको कुराकानीमा यस्तो बताएका हुन् ।
वरिष्ठ उपाध्यक्षमा दाबी गरेर अन्तिममा उपाध्यक्षमा मात्र रहनुभयाे ? भन्ने प्रश्नको उत्तर दिँदै उनले भने, ‘वरिष्ठ उपाध्यक्षमा दाबी गरेको होइन। मलाई सबैले उठ् भनिराखेका छन्। त्यसैले चुनावमा उठ्नुपर्याे भने वरिष्ठ उपाध्यक्षमा उठ्छु भनेको थिएँ । तर, त्यतिवेलै मैले भनेको थिएँ– यो पार्टीका लागि यतिवेला सर्वसम्मत नेतृत्व चयन अनिवार्य, अपरिहार्य छ। केपी ओलीलाई अध्यक्षमा राखेर उहाँको वरिपरि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ । तर, त्यसो गर्ने कोसिस गर्दागर्दै पनि कदंकदाचित निर्वाचन हुने हो भने, मेरा मित्र, शुभचिन्तकहरूको सल्लाहले म निर्वाचनमा जान्छु भनेको थिएँ। सर्वसम्मत नेतृत्वको प्रक्रिया अगाडि बढ्यो र मलाई पार्टीले आदेश दियो। अध्यक्ष कमरेडले राख्नुभएको प्रस्तावलाई हलले थपडी बजाएर जब पास गर्याे । त्यो प्रक्रियाबाट मलाई अहिले तपाईं उपाध्यक्षमा लड्नुस् भनेर भन्यो । त्यसैले मलाई लागेको कुरा मैले अध्यक्षलाई भनेँ, भनेको छु । तर, पार्टीको आदेश र महाधिवेशनको जुन म्यान्डेट छ, त्यो म्यान्डेटलाई ध्यानमा राखेर मैले उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ ।’
Comments
अरु समाचार
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...