एमालेको कतै पनि चुनाव लड्ने ठाउँ छैन : चौधरी
काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का लुम्बिनी प्रदेश पार्टी अध्यक्ष मेटमणि चौधरीले नेकपा एमालेको अब कतै पनि चुनाव लड्ने ठाउँ नरहेको बताएका छन् ।
आज रूकुमकोटमा नेकपा (एकीकृत समाजवादी) को जिल्ला भेलालाई सम्बोधन गर्दै उनले भने, “चुनाव लड्नका लागि पार्टीको एजेण्डा, विचार जीवित हुनुपर्छ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको यात्रा भनेको पार्टी नीति, सिद्धान्त र एजेण्डा विहीन अवैधानिक हो ।”
ओली प्रधानमन्त्री हुँदा पनि पटक–पटक असंवैधानिक कदम चालेकाले अब एमालेको कतै पनि चुनाव लड्ने ठाउँ नरहेको उनको भनाइ थियो । ओलीले असंवैधानिक कदम चाल्नुका साथसाथै आसेपासेको पालनपोषणमा मात्र लागि परेकाले आफूहरु एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनाउन बाध्य भएको चौधरीले बताए ।
उनले भने, “पार्टीमा रहेर ओलीलाई सुध्रिन पटकपटक सल्लाह, सुझाव र अवसर पनि दियौँ, पार्टीभित्रको विद्रोहले ओली परिवर्तन नभएपछि बाध्य भएर हामी विद्रोहबाट नयाँ पार्टी निर्माण गरी राष्ट्रलाई सही दिशामा हिँडाउन अगाडि बढ्यौँ, अहिले हामी त्यो यात्रामा छौँ ।” अब एमाले चुनावका लागि जनताको माझमा जाने वातावरण नभएको भन्दै उनले केपी ओलीले देखाएको व्यवहार जनताले छर्लङ्गै बुझिसकेको बताए ।
अब सबै कम्युनिष्ट पार्टी एकताबद्ध भएर जान लागेको पनि उनको भनाइ थियो । एमाले पार्टी सुक्दै जाने र अन्य कम्युनिष्ट पार्टीसँग एकता गरेर देशमा सबैभन्दा ठूलो पार्टी निर्माण गर्ने सङ्कल्पका साथ एकीकृत समाजवादी अगाडि बढिसकेको उनले बताएका छन् ।
Comments
अरु समाचार
-
सुहाङले बुधबार बिहान सांसद पदको शपथ लिँदै
काठमाडौं । गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले बुधबार...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाइएको...
-
बर्खे अधिवेशनअघि प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासित सभामुखको छलफल
काठमाडाैँ । सभामुख देवराज घिमिरले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् । उनले आज बिहान साढे ११...
-
देशलाई अस्थिरताबाट जोगाउन, ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्। प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा...
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...