स्वास्थ्य उपचारपछि आज स्वदेश फर्किदै वर्षमान पुन
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन अनन्त चीनमा स्वास्थ्य उपचार गराएर आज स्वदेश फर्किंदै छन्।
सोमबार साँझ साढे ७ बजे नेता पुन काठमाडौं आइपुग्ने उनकी बहिनी लालकुमारी पुनले जानकारी दिइन्।
नेता पुन हिमालय एयरलाइन्सको विमानमार्फत् स्वदेश आउन लागेका हुन्।
‘चीनमा मेडिकल सामाग्री लिन गएको हिमालय एयरलाइन्सको विमानबाट आउने व्यवस्था मिलाइएको छ, यो चार्टर्ड विमान होइन’, वर्षमान पुनका सहयोगी सन्तोष पुनले भने।
नेता पुनसँगै पूर्वसभामुखसमेत रहेकी पुनकी पत्नी ओनसरी घर्ती पनि सँगै नेपाल फर्किंदैछिन्। पुनले आफू पूर्ण पूर्णरुपमा निको भएर स्वदेश फर्किन लागेको भन्दै ट्वीट गरेका छन्।
जण्डिसको गम्भीर समस्या देखिएपछि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा पुनको उपचार गरिएको छ। उनको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको पारिवारिक स्रोतले जनाएको छ।
सुरुमा वर्षमानको जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो। त्यहाँ ठिक नभएपछि चिकित्सककको परामर्शमा गएको १३ असोजमा उनलाई थप उपचारको लागि थाइल्याण्डको राजधानी बैंकक लगिएको थियो।
बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि १० मंसिरमा पुनलाई थप उपचारको लागि चीन लगिएको थियो।
वर्षमान पुन चीनबाट फर्किएपछि माओवादी केन्द्रले पदाधिकारी चयन गर्ने चर्चा राजनीतिक वृत्तमा छ। पुनले पार्टीमा महासचिवको दावी गर्दै आएका छन्।
पदाधिकारी छान्न माओवादी केन्द्रले यही माघ २७ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।
Comments
अरु समाचार
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरीः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको...
-
विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
काठमाडौं । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न...