थुलुङ दुधकोशीमा सुविधा सम्पन्न सामुदायिक अस्पताल निर्माण
सोलुखुम्बु । गाउँपालिका अध्यक्ष असिम राईको विशेष सक्रियतामा सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-६ मुक्लीमा दुधकोशी सामुदायिक अस्पताल निर्माण भएको छ ।
गाउँमै राजधानी सरहकै विशेषज्ञ स्वास्थ्य सेवा पाउने भएकाले अब जनता गुणस्तरीय स्वास्थ्य सेवाका लागि भौँतारिनु नपर्ने गरि अस्पताल निर्माण गरिएको थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असीम राईले बताए ।
दुर्गम गाउँपालिकामा श्रीमद् भागवत महायज्ञ लगाएर स्वदेश तथा विदेशमा रहने व्यक्तिहरूबाट रकम सङ्कलन गरी सुविधा सम्पन्न ५० शय्याको अस्पताल निर्माणको काम थालिएको थियो ।
विपन्न नागरिकलाई गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिकाको केन्द्र मुक्लीमा निर्माण सम्पन्न ५० शय्याको सुविधा सम्पन्न अस्पताल रौता कुवर जेभी निर्माण कम्पनीले १० करोड १० लाख ७२ हजार ७५३ रुपैयाँमा तयार भएको अस्पतालको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा र प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोको उपस्थितिमा हुने भएको छ ।
उनले अस्पतालबाट प्रसूति लगायतका सेवा दक्ष डाक्टरबाट प्रवाह गरिने गाउँपालिका बताए । मातृ शिशु र ट्रमा सेन्टर अस्पताल प्रदेश नंं. १ कै सुविधा सम्पन्न अस्पतालको रुपमा स्थापित गर्ने लक्ष्य राखिएको उनको भनाई छ ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष समेत रहेका अध्यक्ष राईले अस्पताल बन्दैन र बनेपनि व्यवस्थित सञ्चालन हुन सक्दैन भन्नेहरूलाई कामले जवाफ दिएको बताए । सबैको सहभागितामा सामुदायिक अस्पताल बनाउने र ग्रामीण भेगका नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्ने लक्ष्य पूरा भएको उनले जानकारी दिए ।
अस्पतालको दिगो सञ्चालनका लागि धुलिखेल अस्पतालसँग पनि सहकार्यको सम्झौता भएको छ । दिगो सञ्चालन, विशेषज्ञ सहितको चिकित्सकीय सेवा प्रवाह लगायतका विषयमा सहकार्य हुने जनाइएको छ ।
दुर्गम गाउँमा अस्पताल नहुँदा अकालमै ज्यान गुमाउनुपर्ने तथा लाखौँ ऋण काडेर हेलिकोप्टरमा बिरामी अस्पताल लैजानु पर्दाको पीडादायी अवस्थामा कमी आउने छ । अस्पताल निर्माणसँगै व्यवस्थापन र दिगो सञ्चालनमा ध्यान दिनुपर्ने स्थानीयको भनाई छ ।
अस्पताल निर्माणको लागि मोहन राई, पविमाया राई, भिम बहादुर राई, ललितबहादुर राई, जोरमान राई, हरिसिहं राई, सौरभ किराँती र हेमन्तकुमार राईले साढे २३ रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए ।
Comments
अरु समाचार
-
तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प
काठमाडाैँ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ। विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो। वैशाख...
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...
-
उपनिर्वाचन शान्तिपूर्ण, सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु
काठमाण्डौ । उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान जारी छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको...
-
धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव
धनकुटा, ५ वैशाख: पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव...
-
इलामको माइजोगमाईमा साना सिँचाइ कार्यक्रम सुरु
काठमाडौं । जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुयाउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ...
-
दमकस्थित लाइफलाइन अस्पतालको भवनमा आगलागी
२८ चैत, दमक । दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल...
-
सुहाङले इलाम-२ मा ५ हजार मत अन्तरले जित्ने दावी
झापा । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता हिक्मत कार्कीले इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्बाङले करिव ४ देखि...