वित्त आयोगका अध्यक्ष पौडैल नेतृत्वको टोली देशकै उत्कृष्ट पालिका नरैनापुरमा
बाँके । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडैलले स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा बाँकेको नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट पालिका घोषणा भएको भन्दै प्रशंसा गर्नु भएको छ । पौडेल नेतृत्वको टोली नरैनापुर पुगेर अध्यक्ष इश्तियाक अहमद शाहलाई बधाई दिँदै प्रशंसा गर्नु भएको हो ।
आयोगका अध्यक्ष पौडेलले आगामी आर्थिक वर्षको लागि नरैनापुरलाई ६६ लाख रुपैँया वित्तीय समानीकरण अनुदान सिफारिस गरेको बताउनु भयो । नरैनापुरको स्थलगत निरिक्षण गरे पश्चात जनप्रतिनि र कर्मचारीहरु संग कुरा गर्दै आयोगका अध्यक्ष पौडेलेले नरैनापुरले गरेको कामको अन्य पालिकाले सिको गर्न जरुरी रहेको जनाउनु भयो । अध्यक्ष पौडेलले नरैनापुरको शिक्षा र स्वास्थ्यका लागि थप बजेट अवश्यक रहेको देखिएकोले सम्बन्धित मन्त्रालयलाई बजेट व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।
यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य विपिन राज निरौलाले संघीय सञ्चित कोषबाट तल्लो तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि सय अंकभार दिएर आयोगले तयार पारेको कार्यसम्पादन मूल्यांकनमा नरैनापुर गाउँपालिकाले पाएको ७८।५२ अंकको आधारमा देशकै पालिका मध्ये सबैभन्दा बढी बजेट पाएको बताउँदै नरैनापुरको विकासका लागि अझ राम्रो काम गर्न सुझाव दिदै उत्कृष्ट भएकोमा बधाई दिनु भयो ।
गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आयोगका अध्यक्ष पौडेल, सदस्य निरौला र गाँउपालिका महासंघका समन्वय अधिकृत रविन पौडेललाई खादा मलालाले स्वागत गर्नु भएको थियो । नरैनापुर उत्कृष्ट भए पछि आयोगको टोली पालिकामा आएर बधाई दिनु आफूहरुका लागि खुशीको कुरा भएको बताउदै अध्यक्ष शाहले नरैनापुरको शिक्षा र स्वास्थ्य क्षेत्रका लागि थप बजेटको व्यवस्था गरी दिन माग गर्नु भएको थियो । पालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको अथक परिश्रम र कडा मेहनतको फल देशकै उत्कृष्ट गाउँपालिकाको रुपमा दर्ज गर्न सफल भएको बताउनु भएको थियो ।
आयोगको टोलीले नरैनापुरका अध्यक्ष इश्तियाक अहमद शाह, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, लेखा अधिकृत भरत बस्नेत,वडा नं. ५ का सचिव भरत महतो, स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाह,कृषि शाखा प्रमुख सदन भण्डारी, शिक्षा शाखा प्रमुख कृष्ण चौधरी, लेखा पाल प्रकाश अधिकारी, सर्भिलेन्स अफिसर बिबेक पौडेल वडा सदस्यहरु संग छलफल गर्नु भएको थियो । आयोगको टोलीले निर्माणधिन अवस्थामा रहेको गाँउपालिकाको भवन, अस्पताल र नेपाल भारत सिमाको अनुगमन समेत गरेको थियो ।
Comments
अरु समाचार
-
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१...
-
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
काठमाडौं । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा रु एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार...
-
सुनको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी...
-
किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण
काठमाडौं । किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका मौरी घार वितरण गरेको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास...
-
दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन
काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा...
-
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार,...
-
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन
काठमाडौं । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८...
-
‘सरकारमा रहँदा कांग्रेसले टी-स्टेटको जग्गा बेचेर कमिसन खायो, छानबिन हुनुपर्छ’
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले गिरीबन्धु टी-स्टेटको...
-
आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य
काठमाडौं । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ...