रसा गुरुङलाई सहरभन्दा भेडीगोठ नै प्यारो
न्यूज नेपाल
गलकोट । सन्ताउन्न वर्षीय रसा गुरुङको भेडीगोठमा अहिले दुई सय ५० भेडा छन् । सानै उमेरदेखि बाबुबाजेसँगै भेडा पालनमा होमिनुभएका उहाँले भेठीगोठको कष्टकर जीवनलाई पनि खुसीमा परिणत गर्दै आउनुभएको छ । पुर्वी रुकुमको लुकुम निवासी गुरुङ भेडा चराउनका लागि अहिले बागलुङ र पूर्वी रुकुमको सिमाना पातीहाल्नेको भेडीगोठमा एक महिनादेखि हुनुहुन्छ । अहिले उक्त भेडी गोठमा गुरुङसहित चार भेडी गोठालाका एक हजार १०० भेडा छन् ।
‘सानै उमेरदेखि बाबुबाजेसँगै भेडा चराउन जङ्गलमा आइयो, यही पेसालाई निरन्तरता दिनुपर्दछ भन्ने सोच पलाएकाले चार वर्ष विदशी सहर बजारको रमाइलो भन्दा भेडीगोठमै आनन्द आउँदो रहेछ’, भेडी गोठाला गुरुङले भन्नुभयो, ‘आफ्नै परम्परागत भेडापालनमै सन्तुष्ट बन्न सकेँे, अहिले भेडा चराउँदै बागलुङको सिमानामा आएका छौँ, असारसम्म बागलुङको ढोरपाटनस्थित बुकी पुग्नेछौँ । बागलुङ, रोल्पा, रुकुम, प्यूठान लगायतबाट हजारौँ भेडाको जमघट बुकीमा हुनेछ ।’
अहिले भेडा खरिदका लागि रोल्पा, रुकुम र बागलुङबाट भेडीगोठमै खरिदकर्ता आइपुगेका र थुम्बोलाई रु ३० हजारमा गोठबाटै बिक्री हुँदै आएको छ । ‘भेडा पालनमा निकै दुःख छ तर जति दुःख भए पनि पुर्खाले गरेको पेसामा रमाउने बानी प¥यो, भेडा बिक्री हुँदा आनन्द आउँछ,’ गुरुङले भन्नुभयो, ‘लुकुमबाट सुरु भएको भेडा चराउने यात्रा बागलुङको बुकीमा पुगेपछि पुन ः फर्किने क्रम सुरु हुन्छ, लुकुममा मात्रै सयजनाभन्दा बढीको भेडाका बथान छन्, हामीलाई सहर बजारभन्दा जङ्गलकै भेडीगोठ प्यारो लाग्छ ।’
भेडा चराउन जङ्गल आउँदा फुर्सद नभएर भेडा फार्म दर्ता गर्न कठिन भएकाले सरकारले गोठमै आएर भेडा फार्म दर्ताको अभियान चलाउनुपर्ने उहाँको उहाँको माग थियो ।भेडामा रोग लाग्दासमेत जङ्गलकै जडीबुटी खुवाएर उपचार गराउने गरिएको तर फार्म दर्ता गर्ने, अनुदान ल्याउने तथा उपचारका लागि प्राविधिक बोलाउन फुर्सदै नभएको गुरुङको भनाइ थियो ।
आम्दानीका हिसाबले भेडापालन राम्रो भए पनि लामो झरी र हिउँ पर्दा भेडा मर्ने भएकाले नोक्सानीसमेत व्यहोर्नुपर्ने हुन्छ ।राम्रो घाँस पाइने भएकाले बर्खामा सबै भेडा बुकीमा लैजाने गरिएको अर्का भेडापालक ३४ वषीय जोरप्रसाद घर्तीले जानकारी दिनुभयो । चार सय भेडा पाल्दै आउनुभएका उहाँ पनि बुबालाई पछ्याउँदै भेडा पालनमा रमाउँदै आउनुभएको छ ।
‘पानी पर्दा र हिउँ पर्दा निकै समस्या हुन्छ, बेमौसमी वर्षाका कारण चिसोले ६० भेडा गत वैशाख दोस्रो साता मरेका थिए, भेडा चराउँदै लैजाँदा दाङसम्म पुगिन्थ्यो, त्यहाँ छेरुवा रोग लागेपछि अहिले चार/पाँच वर्षभयो बुकीतर्फ लान थालेका छौँ’, भेडापालक जोरप्रसादले भन्नुभयो, ‘बाबुबाजेले गरेको पेसाप्रति गर्व लाग्छ, भेडापालनमा धेरै दुःख कष्ट छ तर सन्तुष्टी भने विदेशमा भन्दा भेडीगोठमै हुन्छ भेडापालनको आम्दानीले परिवार पाल्न पुगेकै छ । अर्काको देशमा गएर ज्याला मजदुरी गर्नुभन्दा आफ्नै देशमा भेडा गोठालो हुनु मलाई राम्रो लाग्छ।’
भेडापालक किसनालाई सरकारले कुनै सहयोग गुनासो गर्दै उहाँले लगातार पानी परे भोकै भेडा मर्ने र जङ्गली जनावारको आक्रमणले पनि चुनौती भइरहेको बताउनुभयो । ‘बुकीतर्फ जाँदै छौँ अहिले, भेडा चराउँदै असारसम्म बुकी पुगिन्छ, बुकीको घाँसमा चरेका भेडा स्वस्थकर हुन्छन् र मूल्य पनि बढी पर्दछ जब बुकीमा हिउँ पर्न थाल्छ तब हामी पुनः भेडा लिएर बुकीबाट झर्ने गर्दछौँँ, भरियालाई बोकाएर गोठालो खर्च लगिन्छ” जोरप्रसादले भन्नुभयो ‘भेडा गोठालाको छुट्टै संसार छ, लेकमा मोबाइलसमेत चल्दैन, अत्यावश्यक परे खबर पठाउने हो, नभए दुई महिना भूमिगत जस्तै भइन्छ, हामी गोठमै रमाउनेलाई सहर बजारको त्यति चासो छैन ।’
भेडापालन छोडेर वैदेशिक रोजगारीमा गए पनि राम्रो कमाइ नभएकाले पुनः भेडापालनमै फर्किएको र अब विदेश नजाने उहाँले बताउनुभयो ।अस्थायी भेडीगोठ निर्माण गर्दै भेडा चराउँदै हिँड्दा निकै दुःखकष्ट भए पनि यही परम्परागत पेसामै सन्तुष्ट हुँदै आएको अर्का भेडी गोठाला सत गुरुङले बताउनुभयो । ‘पातीहाल्नेमा अहिले एक हजार १०० भेडा एउटै गोठमा छन् । चरनका लागि बाहिर ल्याउँदा आ–आफ्नो छुट्टाइन्छ, अब हिमलतर्फ लाग्ने दिन आयो’ गुरुङले भन्नुभयो ‘यस पटक बेमौसमी वर्षाका कारण यही गोठमा ६० भेडा मरे, अहिले घाटा भयोे ।’ भेठीगोठको कष्टकर दिनचर्याबाट बचत भएको आम्दानीले परिवार पाल्दै छोराछोरीलाई अध्ययनका लागि पुग्ने गरेको उहाँले बताउनुभयो ।
Comments
अरु समाचार
-
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार,...
-
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन
काठमाडौं । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८...
-
‘सरकारमा रहँदा कांग्रेसले टी-स्टेटको जग्गा बेचेर कमिसन खायो, छानबिन हुनुपर्छ’
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले गिरीबन्धु टी-स्टेटको...
-
आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य
काठमाडौं । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ...
-
सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत रु एक सय ११ खर्ब
काठमाडौं । सोह्रौँ योजना कार्यान्वयनका लागि करिब रु एक सय ११ खर्ब लागत अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले...
-
नेप्से परिसूचक नौ दशमलव ५४ अङ्कले घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ५४ अङ्कको गिरावट देखिएको छ । आज परिसूचक शून्य दशमलव ४७...
-
प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १...
-
सामान्य घट्यो सुनको मुल्य
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि...
-
गिरीबन्धु टी-स्टेटलाई व्यवस्थित गर्न तत्कालीन प्रधानमन्त्री ओलीको नीतिगत निर्णय : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेटमा नीतिगत निर्णय गरेको ठोकुवा गरेका छन्...