चीनले बनाइदिएको ड्राई पोर्ट र बन्दरगाह प्रयोगमा नआउनु नेपालले लाभ लिन नसक्नु हो: चिनियाँ राजदूत सोङ् (कार्यक्रमका फोटोसहित)
काठमाडौं । नेपालका लागि चिनियाँ राजदुत छन् सोङ्ले नेपालमा निर्यातजन्य बस्तु नभएकाले चीन सरकारले बनाइदिएको ड्राई पोर्ट र बन्दरगाह प्रयोग गर्नुपर्ने सुविधाबाट नेपालले लाभ लिन नसकोको बताउनु भएको छ । शनिबार काठमाडौंमा फाउण्डेसन फर ट्रान्स हिमालयन रिसर्च एण्ड स्टडिजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै राजदुत सोङ्ले चीन सरकारले बनाईदिएको ड्राई पोर्ट र बन्दरगाह प्रयोगमा नआउनु नेपालले लाभ लिन नसक्नु रहेको बताउनु भएको हो।
उहाँले चीनको आर्थिक बिकास खुल्लापन र बजार अर्थतन्त्रबाट भएको भनाई गलत भएको बताउँदै दुईदशक चलेको राजनीतिक,आर्थिक व्यवस्थाले चिनियाँ अर्थतन्त्रको मजवुत जग खडा भएको र पछि अपनाईएको खुलापनको नितिबाट लाभ लिन सकिएको बताउनुभयो । उहाँले नेपालको पोटेन्सियल सेक्टर कृषि भएकाले गुणस्तर कृषिजन्य सामाग्री उत्पादन भए चीनले जति पनि खरिद गर्न सक्ने बताउनु भयो । कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रियतालाई प्राथमिकतामा राख्दै विदेशी सहयोगलाई जनताको हितमा कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।
विश्व परिवेशमा चीनको अर्थतन्त्र र नेपालमा त्यसको प्रभाव विषयक कार्यक्रममा सभामुख घिमिरेले एमसीसी, बीआरआई लगायतका कार्यक्रमलाई राष्ट्रियता प्राथमिकतामा राख्दै जनताको हितमा कार्यान्वयन गर्नुपर्ने बताउनु भएको हो । उहाँले चीन र भारतको आर्थिक प्रगतिबाट फाइदा लिने क्रममा नेपाललाई अवसर र चूनौती दुवै रहेको बताउनु भयो ।
सभामुख घिमिरेले चीन र भारतको प्रभावलाई सन्तुलित ढंगले कायम राख्दै राष्ट्रियतालाई मजबूत बनाउँदै नेपाली जनताको आत्मनिर्भरताका लागि अघि बढाउन कस्तो बाटो लिने भन्नेबारे बहस हुनुपर्ने जिकिर गर्नुभयो । मुलुकमा परिवर्तन आएपनि कृषि वस्तुमा बाह्य निर्भर हुनुपर्ने, दक्ष जनशक्ति बाहिरिनुपर्ने अवस्था र उद्योगधन्दाहरु बन्द हुँदै गएको अवस्थालाई अन्त्य गर्न गम्भीर भएर सोच्नुपर्ने उहाँले बताउनुु भयो ।
सभामुख घिमिरेले मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउन मावनस्रोत, प्राकृतिक स्रोत साधनको उपयोगलाई ध्यान दिनुपर्ने धारणा राख्नुुभयो । कार्यक्रममा पूर्वराजदूत महेन्द्र पाण्डे, डा. भरत पोखेल, डा. कल्याण रोक्का, पूर्वपरराष्ट्रमन्त्री डा. बिमला राई पौडेल, सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल, बागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाईं लगायतले धारणा राख्नुभयो । कार्यक्रमको अध्यक्षता पूर्वपर्यटनमन्त्नी आनन्दप्रसाद पोखरेलले गर्नु भएको थियो ।
Comments
अरु समाचार
-
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१...
-
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
काठमाडौं । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा रु एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार...
-
सुनको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी...
-
किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण
काठमाडौं । किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका मौरी घार वितरण गरेको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास...
-
दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन
काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा...
-
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार,...
-
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन
काठमाडौं । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८...
-
‘सरकारमा रहँदा कांग्रेसले टी-स्टेटको जग्गा बेचेर कमिसन खायो, छानबिन हुनुपर्छ’
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले गिरीबन्धु टी-स्टेटको...
-
आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य
काठमाडौं । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ...