तिनकुने सामुहीक हत्या अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यलयमा पेस, भण्डारीविरुद्ध जन्मकैद माग
काठमाडौं । प्रहरीले तिनकुनेस्थित दिव्य सःमिलमा भएको सामुहीक हत्याको अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिलको कार्यलयमा पेस गरेको छ । घटनामा संलग्न अधियुक्त २३ वर्षीय सञ्जय भण्डारीविरुद्ध जन्मकैदको मागदावी गरिएको छ।
जिल्ला सरकारी वकिलको कार्यलय काठमाडौंका अनुसार प्रहरीले हत्यासँग सम्बन्धित अनुसन्धान प्रतिवेदन मंगलबार साँझ वकिलको कार्यलयमा पेस गरेको हो । घटनाको २५ दिनपछि प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यलयमा बुझाएको हो ।
कार्यलयका जिल्ला न्यायधिवक्ता अच्युतमणि नेउपानेले दिव्य सःमिलमा भएको हत्याको अनुसन्धान प्रतिवेदन वकिलको कार्यलयमा पेस भएको छ । प्रतिवेदन अध्यायन गर्न पाएको छैन् । त्यसैले अभियुक्तविरुद्ध के कति सजाय मागदाबी गरिएको भन्न सकिने अवस्था रहेन, उनले भने ।
गत भदौ २९ मा सः मिलमा कार्यरत दोलखा कालिञ्चोक गाउँपालिका–८ का ५६ वर्षीय कुमार भुजेल भनिने पूर्णबहादुर भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल, आमा ७६ वर्षीया सुभद्रा भुजेल र धनकुटा भिरगाँउ गाँउपालिका–२ का नवीन भनिने विशाल राईको सामूहिक हत्या भएको थियो । घटनामा संलग्न रहेको भन्दै प्रहरीले भदौ ३१ गते सिन्धुपाल्चोकस्थित बाह्रबिसेबाट पक्राउ गरी ल्याएको थियो ।
फरक क्षमताका भण्डारी सँग जिल्ला प्रहरी परिसर काठमाडौंले बहिरा संघका दोभाषेमार्फत बयान लिएको थियो । बयानका क्रममा उनले थप १६ जनाको हत्या गरेको बयान दिएका थिए । प्रहरीले उनको बयानलाई आधार मानेर केही घटनाको अनुसन्धानसमेत गरेको थियो । तर प्रमाण स्थापित हुने गरी बयान मेल नखाएपछि प्रहरीले उनको ब्रेन फिंगरप्रिन्ट लिने योजना बनाएको थियो ।
जिल्ला प्रहरीपरिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुगेलले भण्डारीको उपलब्ध उपकरणको सहायतामा ब्रेन म्यापिङ परिक्षण गर्ने काम भएको जानकारी दिएका छन् ।
Comments
अरु समाचार
-
जिप दुर्घटनामा ६ भारतीय पर्यटक घाइते
काठमाडौं । चितवनमा पर्यटक बोकेको जिप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन् । कुमरोज सामुदायिक वन हुँदै चितवन...
-
स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ
काठमाडौं । हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर नजिकबाट गए राति स्रोत नखुलेको रु एक करोड एक लाखसहित एकजनालाई पक्राउ गरिएको छ...
-
हत्या गरी फालिएको अवस्थामा एक जना पुरुषको शव फेला
काठमाडौं । कपिलवस्तुको सुद्धोधन गाउपालिका वडा नम्बर ६ बेलभरीया गाउको दक्षिण मर्थी खोलाको नालामा शनिवार बिहान १० बजेतिर हत्या गरी...
-
अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु
काठमाडौं । दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छभने एकजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी...
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते
काठमाडौं । सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।...
-
दाइको हत्या अभियोगमा भाइ पक्राउ
काठमाडौं । जग्गासम्बन्धी विवादमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ मानेगाउँमा भाइले दाजुको हत्या गरेको अभियोग लागेको छ । ७१ वर्षीय खमसिंह तामाङको...
-
काठमाडौंमा आगलागीमा परि एक युवकको मृत्यु
काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१ बानियाँटारमा आइतबार राति भएको आगलागीमा परि एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोखलाको...
-
सडक विस्तारका क्रममा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु
काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीननम्बर पुलमा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु भएको छ । सडक विस्तारका...
-
हेटौँडामा सवारी दुर्घटनामा एकको मृत्यु
काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित पूर्व–पश्चिम सडकखण्डमा गए राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सर्लाहीबाट काठमाडौँतर्फ...