पीएनजीलाई ७ विकेटले हराउँदै अफगानिस्तान सुपर ८ मा
काठमाडौं । आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानले पपुआ न्युगिनी (पीएनजी) माथि जित निकाल्दै सुपर ८ को यात्रा तय गरेको छ।
समूह ‘सी’ अन्तर्गत आज भएको खेलमा अफगानिस्तानले पपुआ न्युगिनीलाई ७ विकेटले हराउँदै जित हात पारेको हो। जितसँदै अफगानिस्तान समूह सी को शीर्ष स्थानमा उक्लिँदै सुपर ८ मा पुगेको हो।
पपुआ न्युगिनीले दिएको ९६ रनको लक्ष्यसहित मैदान उत्रेको आफगानिस्तानले निर्धारित ओभरको १५.१ ओभर खेल्दै जम्मा ३ विकेट गुमाएर जित हासिल गर्यो।अफगानिस्तानको जितका लागि गुलबदिन नाइबले नट आउट रहँदै सर्वाधिक ४९ रनको पारी खेले भने मोहम्मद नवीले नट आउट रहँदै १६ रन जोडे।
त्यसअघि टस हारेर पहिला ब्याटिङ्ग गरेको पपुुआ न्युगिनीले निर्धारित ओभरको १ बल बाँकी रहँदै सबै विकेट गुमाएर ९५ रन मात्रै बनाउन सक्यो। पपुआ न्युगिनीका लागि किल्पिन डोरिगाले सर्वाधिक २७ रनको पारी खेले भने एली नाओले १३, टोनी उराले ११ रन जोडे। अन्य कुनैपनि खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन्।
पपुआ न्युगिनीलाई सस्तोमै समेट्न अफगानिस्तानका फजलहक फारुकीले सर्वाधिक ३ विकेट लिए भने नविन उल हकले २ र नूर अहमले १ विकेट लिए।
Comments
अरु समाचार
-
कास्कीले उचाल्यो गण्डकी प्रदेशस्तरीय पुरुष कबड्डीको उपाधी
काठमाडौं । कास्कीले गण्डकी प्रदेशस्तरीय पुरुष कबड्डीको उपाधि जितेको छ। पोखरामा बिहीबार सम्पन्न प्रतियोगितामा तनहुँलाई ४५–३८ अंकले पराजित गर्दै कास्कीले...
-
आईसीसी टि–२० विश्वकप २०२४ः उपाधिका लागि दक्षिण अफ्रिका र भारतबीच प्रतिस्पर्धा
काठमाडौं । आईसीसी टि–२० विश्वकप २०२४ को उपाधिका लागि दक्षिण अफ्रिका र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार राति...
-
आईसीसी टी–२० विश्वकपः अफगानिस्तानलाई हराउँदै साउथ अफ्रिका फाइनलमा, आज बेलुका भारत र इंग्ल्याण्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनल प्रवेश गरेको छ। टस जितेर सुरुमा...
-
बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो
काठमाडौं । बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर ८ को समूह १...
-
टी–२० विश्वकप: अस्ट्रेलियालाई हराउँदै भारत विश्वकपको सेमिफाइनलमा
काठमाडौं । भारत आइसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको ‘सुपर ८’को खेलमा अस्ट्रेलियालाई २४ रनले...
-
खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल भइरहेको छ: प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेप गर्न विशेष पहल लिँदै आएको बताएका छन् ।...
-
टी–२० विश्वकपः अस्ट्रेलियाविरुद्ध अफगानिस्तानको ऐतिहासिक जित
काठमाडौं । आईसिसी टी–२० विश्वकप अन्तर्गत जारी सुपर ८ को खेलमा अफगानिस्तानले अस्ट्रेलिया विरुद्ध ऐतिहासिक जित निकालेको छ। आज एर्नोस...
-
युरोकप: पोर्चुगलले टर्कीलाई ३–० ले हरायो,अन्तिम १६ मा प्रवेश
काठमाण्डौ । युरोकप फुटबल २०२४ अन्तर्गत समूह एफको खेलमा पोर्चुगलले टर्कीलाई ३–० गोलले पराजित गरेको छ । जीतसँगै पोर्चगुल समूह...
-
बंगलादेशमाथि अस्ट्रेलिया २८ रनले विजयी
काठमाडौं । अस्ट्रेलियाले बंगलादेशमाथि २८ रनको जित हासिल गरेको छ । जारी टी-२० विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अस्ट्रेलियाले बंगलादेशलाई...