राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुग्नुभएको छ । उहाँ आफ्ना समकक्षी डा फ्याङ्क–वाल्टर स्टीनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा जानुभएको हो ।
राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई शनिबार अपराह्न बर्लिन ब्रान्डेनवर्ग अन्तरराष्ट्रिय विमानस्थलमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का तथा उहाँकी धर्मपत्नी, जर्मनीका राष्ट्रपतिको सङ्घीय परराष्ट्रमामिला कार्यालयका वरिष्ठ अधिकारीले स्वागत गर्नुभएको बर्लिनस्थित नेपालको राजदूतावासले आज जनाएको छ ।
राष्ट्रपति पौडेलका साथ प्रथम महिला सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रपतिको कार्यालयका सचिव डिल्लीराम शर्मा तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु हुनुहुन्छ ।
राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच भोलि सोमबार औपचारिक भेटवार्ताको कार्यक्रम रहेको उक्त दूतावासले जनाएको छ । विसं २०४३ पछि राष्ट्रप्रमुखको तहमा नेपालबाट भएको यो पहिलो भ्रमण हो । नेपाल र जर्मनीबीच २०१४ साल चैत २२ गते कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुई देशबीचको सम्बन्ध आपसी समझदारी र सहयोगका आधारमा प्रगाढ बन्दै गएको छ । राष्ट्रपति पौडेल यही असार ५ गते स्वदेश फर्कन कार्यक्रम छ ।
Comments
अरु समाचार
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ: एमाले अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिको केन्द्रमा रहने राजनीतिज्ञ हुन्। विचारमा स्पष्ट...
-
सरकार समाजवादको आधार तयार पार्न लागिपरेको छ: प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति र परिवर्तनका उपलब्धिहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताएका छन्...
-
आज जननेता मदन भण्डारीको ७३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव तथा जननेता मदनकुमार भण्डारीको आज ७३ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ। जन्मजयन्तीका अवसरमा...
-
असर १९ गते रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, महामन्त्री ढकालले प्रस्तुत गरेको प्रतिवेदन माथी छलफल हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले महामन्त्री डा.मुकुल ढकालले तयार गरेको पार्टीको...
-
आईसीसी टि–२० विश्वकप २०२४ः उपाधिका लागि दक्षिण अफ्रिका र भारतबीच प्रतिस्पर्धा
काठमाडौं । आईसीसी टि–२० विश्वकप २०२४ को उपाधिका लागि दक्षिण अफ्रिका र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार राति...
-
आजको राशिफलः २०८१ असार १४ गते शुक्रवार
मेषः खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला। नाम र दामका...
-
एसईईको मौका परीक्षा साउन १८ र १९ गते
काठमाडौं । एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले एसईईको मौका परीक्षा साउन...
-
सबैभन्दा बढी विद्यार्थीले ल्याए २.८० देखि ३.२० जीपीए
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डले आज पत्रकार सम्मेलनमार्फत नतिजा...
-
राजस्व अनुसन्धान विभागको सकृयता बढ्यो, राजस्व छलीका मालवाहक कन्टेनर र गाडीको विभागमा लाइन
काठमाडौं । राजस्व अनुसन्धान विभाग हरिहर भवन परिसरमा अहिले राजस्व छलि र चुहावट गरेका मालवाहक कन्टेनर र गाडीले भरिभराउ रहेका...