भारतीय रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
काठमाडौं । भारतमा सोमबार एक मालबाहक रेलका चालकले सङ्केतलाई गलतरूपमा बुझ्दा ‘एक्सप्रेस रेल’ को पछाडिको भागमा ठोक्एिको र कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरी र रेलवे अधिकारीले बताएका छन् ।
दार्जिलिङ जिल्लाको फाँसीदेवा इलाकामा कञ्चनजङ्घा एक्सप्रेस रेललाई मालबाहक रेलले ठक्कर दिँदा दुर्घटना भएको हो । यात्रुबाहक गाडीका तीनवटा पटरी रेल र रेलको लिकबाट छुट्टिई जमिनमा ढलेका छन् । भारतको पश्चिम बङ्गाल राज्यमा भएको यो घटना भारतको रेल नेटवर्कमा परेको पछिल्लो घटना हो । यहाँबाट हरेक दिन लाखौं यात्रुहरू ओहोरदोहोर गर्छन् ।
भारतीय रेलवे बोर्डका अध्यक्ष जया वर्मा सिन्हाले एक विज्ञप्ति जारी गर्दै करिब ५० जना घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको जानकारी दिनुभएको छ । सिन्हाले भन्नुभयो, ‘एउटा मालबाहक रेलले सिग्नललाई बेवास्ता गरेर पछाडिबाट रेललाई ठक्कर दिएको प्रारम्भिक अध्ययनले देखाएको छ ।’ मृत्यु हुनेमा चालक र सहचालक, रेलका गार्ड र पाँच जना यात्रु रहेको उहाँले पुष्टि गर्नुभयो ।
–प्रधानमन्त्री मोदी र मुख्यमन्त्री बनर्जीद्वारा समवेदना व्यक्त–
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफ्ना प्रियजन गुमाएकाप्रति समवेदना व्यक्त गर्नुभएको छ ।
पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले दुर्घटनालाई ‘दुःखद’ बताउनुभएको छ । दुर्घटनाको केही क्षणपछि उहाँले ‘एम्बुलेन्स र डिजास्टर टिम’ घटनास्थलमा पुगेको र ‘युद्धस्तरमा उद्धारको काम’ गर्न आदेश दिएको बताउनुभएको थियो ।
स्थानीय प्रहरी अधिकारी इफ्तिकार–उल–हसनले एएफपीसँग भन्नुभयो, “धेरै घाइतेलाई भग्नावशेषबाट बाहिर निकालिएको छ । अझै चार जना घाइतेको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या अझै बढ्न सक्छ ।” दार्जिलिङका जिल्ला प्रहरी प्रमुख प्रवीण प्रकाशले उद्धार कार्य पूरा भएको र अहिले उद्धार टोलीले भग्नावशेष हटाउने काम गरिरहेको बताउनुभयो ।
Comments
अरु समाचार
-
भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो,
काठमाडौं । एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँच...
-
पाकिस्तानमा साम्प्रदायिक द्वन्द्वमा ३७ जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा जारी साम्प्रदायिक झडपमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३७ पुगेको स्थानीय अधिकारीले शुक्रबार जानकारी दिएका...
-
प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबिच शिष्टाचार भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने सिलसिलामा न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता जारी राखेका छन् । यसैक्रममा...
-
‘नेपाल-चीनको सम्बन्ध उचाइमा पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण ‘
काठमाडौं, असोज १० । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल-चीन सरकार र जनताबिचकोे सम्बन्धलाई उचाइमा पुर्याउन दुवै मुलुकका...
-
चीनमा पहिलो उच्च भोल्टेज एसी / डीसी हाइब्रिड पावर ग्रिड परियोजना सुरु
बेइजिङ । चीनले बुधबार जियाङ्सु प्रान्तमा आफ्नो पहिलो उच्च भोल्टेज अल्टरनेटिङ्ग करेन्ट (एसी) र डाइरेक्ट करेन्ट (डीसी) हाइब्रिड पावर ग्रिड...
-
‘बीआरआई नेपाल र नेपालीको हितमा छ, अविलम्ब कार्यान्वयन गरियोस्’
काठमाडौं । बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) नेपाल र नेपालीको हितमा भएकाले शीघ्र कार्यान्वयन गर्नुपर्ने काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले...
-
बङ्गलादेशले लगायो पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध
काठमाडौं । बङ्गलादेशका सबै सुपरमार्केटमा प्लाष्टिक (पोलिथिन एण्ड पोलिप्रोपाइलिन ब्याग) झोला राख्न प्रतिबन्ध लगाइएको छ । यो निर्णय अक्टोबर १...
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...
-
काठमाडौंमा भोलि तेस्रो चीन-नेपाल मिडिया सम्मेलन हुँदै, अन्तर्राष्ट्रिय विषयवस्तुमा छलफलमा केन्द्रित
काठमाडौँ, असोज ९ गते । दक्षिण एसिया नेटवर्क टेलिभिजन तथा नेपाल चाइना मिडिया फोरमद्वारा आयोजित 'चीन नेपाल मिडिया सम्मेलन २०२४'...