बंगलादेशमाथि अस्ट्रेलिया २८ रनले विजयी
काठमाडौं । अस्ट्रेलियाले बंगलादेशमाथि २८ रनको जित हासिल गरेको छ । जारी टी-२० विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अस्ट्रेलियाले बंगलादेशलाई डक वर्थ लुइस नियम अनुसार २८ रनले पराजित गरेको हो । बंगलादेशले दिएको १४१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ११.२ ओभरमा २ विकेट गुमाएर १०० रन बनाएपछि वर्षाले खेल अवरुद्ध भएपछि खेलको निर्णय डकवर्थ लुइस नियम अनुसार गरिएको थियो ।
अस्ट्रेलियाका लागि डेभिड वार्नरले अविजित ५३ रन बनाएका थिए भने ट्राभिस हेडले ३१ रन बनाएका थिए । यस अघि पहिला ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाउँदै १४० रन बनाएको थियो । यो जितपछि सुपर आठको समुह एकमा अस्ट्रेलियाले महत्वपूर्ण २ अंक हासिल गरेको छ । अब अस्ट्रेलियाले आइतबार बिहान अफगानिस्तानसँग खेल्ने छ भने बंगलादेशले शनिबार राती भारतसँग खेल्ने छ ।
Comments
अरु समाचार
-
विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट किन लिए सन्यास ?
काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शनिबार टी–२० विश्वकप २०२४ को...
-
टी–२० विश्वकपको फाइनलमा आज भारत र दक्षिण अफ्रिका भिड्दै
काठमाडौँ । जारी टी–२० विश्वकपको फाइनल खेल आज हुदै छ । फाइनलमा उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबीच भिडन्त हुदै...
-
कास्कीले उचाल्यो गण्डकी प्रदेशस्तरीय पुरुष कबड्डीको उपाधी
काठमाडौं । कास्कीले गण्डकी प्रदेशस्तरीय पुरुष कबड्डीको उपाधि जितेको छ। पोखरामा बिहीबार सम्पन्न प्रतियोगितामा तनहुँलाई ४५–३८ अंकले पराजित गर्दै कास्कीले...
-
आईसीसी टि–२० विश्वकप २०२४ः उपाधिका लागि दक्षिण अफ्रिका र भारतबीच प्रतिस्पर्धा
काठमाडौं । आईसीसी टि–२० विश्वकप २०२४ को उपाधिका लागि दक्षिण अफ्रिका र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार राति...
-
आईसीसी टी–२० विश्वकपः अफगानिस्तानलाई हराउँदै साउथ अफ्रिका फाइनलमा, आज बेलुका भारत र इंग्ल्याण्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनल प्रवेश गरेको छ। टस जितेर सुरुमा...
-
बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो
काठमाडौं । बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर ८ को समूह १...
-
टी–२० विश्वकप: अस्ट्रेलियालाई हराउँदै भारत विश्वकपको सेमिफाइनलमा
काठमाडौं । भारत आइसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको ‘सुपर ८’को खेलमा अस्ट्रेलियालाई २४ रनले...
-
खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल भइरहेको छ: प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेप गर्न विशेष पहल लिँदै आएको बताएका छन् ।...
-
टी–२० विश्वकपः अस्ट्रेलियाविरुद्ध अफगानिस्तानको ऐतिहासिक जित
काठमाडौं । आईसिसी टी–२० विश्वकप अन्तर्गत जारी सुपर ८ को खेलमा अफगानिस्तानले अस्ट्रेलिया विरुद्ध ऐतिहासिक जित निकालेको छ। आज एर्नोस...