इङ्ग्ल्यान्ड र स्पेन यूईएफए युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । इङ्ग्ल्यान्ड यूईएफए युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। गयराति भएको खेलमा इङ्ग्ल्यान्डले स्लोभाकियाविरुद्ध पुनरागमन जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो।
स्लोभाकियाका लागि खेलको २५औँ मिनेटमा इभान स्क्रान्जले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। यो गोलसँगै स्लोभाकियाले इङ्ग्ल्यान्डविरुद्ध इन्जुरी समयसम्म अग्रता लिएको थियो। तर, खेलको इन्जुरी समयमा इङ्ग्ल्यान्डका जुडे बेलिङ्घमले गोल गर्दै इङ्ग्ल्यान्डलाई १–१ गोलको बराबरीमा ल्याए। पहिलो र दोस्रो हाफ बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो।
अतिरिक्त समयको पहिलो मिनेटमै गोल गर्दै इङ्ग्ल्यान्डका ह्यारी केनले टिमलाई अग्रता दिलाए। सोही गोल निर्णायक बन्दा इङ्ग्ल्यान्ड स्लोभाकियाविरुद्ध २–१ गोलले विजयी भयो।
त्यस्तै, स्पेन पनि यूईएफए युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। राति जर्मनीमा भएको खेलमा जर्जियाविरुद्ध फराकिलो पुनरागमन जित निकाल्दै स्पेनले अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो।
खेलको १८औँ मिनेटमा आत्मघाती गोल उपहारमा पाएपछि स्पेन दबाबमा परेको थियो। तर, ३९औँ मिनेटमा स्पेनका रोड्रीले गोल गर्दै स्पेनलाई १–१ को बराबरीमा ल्याए। खेलको ५१औँ मिनेटमा फावियन रुइजले गोल गर्दै जर्जियाविरुद्ध स्पेनलाई अग्रता दिलाए। ७५औँ मिनेटमा निको विलियम्सले गोल गरेसँग स्पेनले जर्जियाविरुद्ध ३–१ को अग्रता दिलाए। त्यसपछि डेनी ओल्मोले ८३ औँ मिनेटमा गोल गरेपछि स्पेनले जर्जियाविरुद्ध ४–१ को फराकिलो जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुनिश्चित गर्यो।
अब स्पेनले क्वाटरफाइनलमा प्रवेशका लागि जर्मनीको सामना गर्नेछ, भने इङ्ग्ल्यान्डले स्वीट्जरल्यान्डको सामना गर्नेछ।
Comments
अरु समाचार
-
सशस्त्र प्रहरीले माग्यो ४८ इन्स्पेक्टर (विज्ञापनसहित)
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ४८ निरीक्षक (इन्स्पेक्टर) माग गरेको छ । सशस्त्र प्रहरी बल मानव स्रोत विभाग, मानव...
-
एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिदै
काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा...
-
अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनल प्रवेश
काठमाडौं । साबिक विजेता अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ। एनआरजी स्टेडियममा आज सम्पन्न खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले...
-
भारतीय सेवा क्षेत्रको निर्यात बढ्दै गएको तथ्याङ्क
काठमाडौं । भारतीय सेवा क्षेत्रको निर्यात बढ्दै गएको पाइएको छ । सन् २००९–१० मा केबल ९५ अर्ब डलर रहेको भारतको...
-
मौसम: कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षा
काठमाडौं । आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाको...
-
आजको राशिफलः २०८१ असार २१ गते शुक्रवार
मेषः परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो...
-
नाम चलेका विराटनगरका सामुदायिक विद्यालयको नतिजा एसईईमा कमजाेर
विराटनगर।अंग्रेजी माध्यमबाट अध्यापन हुने विराटनगरका नाम चलेका सामुदायिक विद्यालयमध्ये विराटनगरका पोखरीया माध्यमिक, आदर्श मावि र सत्यनारायण माविले यसवर्ष शतप्रतिशत नतिजा...
-
दीर्घकालीन असर पर्ने निर्णय नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह
काठमाडौं । सरकारको नेतृत्व गर्ने तयारीमा रहेको नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आग्रह गरेको...
-
मार्ग प्रशस्त गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई एमालेको आग्रह
काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा दिन आग्रह गरेको छ। बिहीबार मुख्यमन्त्री महरालाई भेट गर्दै एमाले...