व्यावसायिक घाँस उत्पादन फस्टायो
पाल्पा, ८ असोज । जिल्ला पशु सेवा कार्यालयले सञ्चालन गरेको ‘घाँस विकास’ कार्यक्रमले किसानलाई व्यावसायिकतातर्फ उन्मुख गराएको छ ।
घाँस उत्पादनलाई प्राथमिकता दिएर अनुदानमा विभिन्न जातका घाँसका बिउ वितरण गर्न थालेपछि व्यावसायिक घाँस खेतीमा किसानको आकर्षण बढ्दो छ ।
विसं २०३८ देखि सुरु भएको ‘घाँस विकास’ कार्यक्रम यतिबेला किसानको आयआर्जनको माध्यम बनेको छ । दुई नगरपालिका र सबै गाविसका किसानले सामूहिक तथा व्यक्तिगतरुपमा व्यावसायिक घाँस खेती गरेका छन् ।
यहाँ २७ हेक्टरमा वर्षे, दुई हजार ८७० हेक्टरमा बहुवर्षे र ३४ हेक्टर क्षेत्रफलमा हिउँदे घाँस खेती गरिन्छ । निजी जग्गामा एक हजार ४०४, सामुदायिक कबुलियती वन क्षेत्रमा ९९३, सामुदायिक चरन र बाटो क्षेत्रमा २१३ र सामुदायिक वन तथा नहर क्षेत्रमा २२३ हेक्टर क्षेत्रफलमा व्यावसायिक घाँस खेती गरिएको छ ।
वर्षे घाँस ९१ हजार ३७७, हिउँदे घाँस ९५६, बहुवर्षे घाँस ३८ हजार ७८०, डाले घाँस ३४ हजार ५४०, वनजङ्गलबाट ७८ हजार ४७५ र कृषिजन्य उपपदार्थबाट ७३ हजार ६३५ मेट्रिकटन घाँस उत्पादन हुने गरेको पशु विकास अधिकृत चन्द्रबहादुर रानाले बताउनुभयो ।
जिल्लाका तीन लाख ६७ हजार ६७ पशुका लागि तीन लाख ७० हजार ९७३ मेट्रिकटन ड्राइमेट गरेर राखेको घाँस पशुआहारका लागि आवश्यक रहेको कार्यालयको तथ्याङ्क छ । ४५ समूहका ६०० किसान व्यावसायिक घाँस खेतीमा लागेका छन् ।
कार्यालयले किसानलाई स्टाइलो, मोलाटो, पासपलम, सम्भासेटेरियालगायत घाँसका बिउ अनुदानमा उपलब्ध गराउँदै आएको वरिष्ठ पशु विकास अधिकृत तुल्सीराम भण्डारीले बताउनुभयो ।
फोक्सिङकोटको झोकेदी महिला कृषक समूहले रु दुई लाख, तानसेनको घाँस विकास महिला काजीपौवा समूहले रु डेढ लाख, रामपुरको नवदुर्गा महिला घाँस विकास समूहले रु डेढ लाख र मदनपोखराको बेलगैरा घाँस समूहले रु ७० हजार घाँस बिक्रीबाट वार्षिक आम्दानी लिन सफल भएका छन् ।
घाँसबाट राम्रो आम्दानी भएपछि महिलाहरुको आम्दानीको स्रोत घाँस खेती बनेको छ । ‘जग्गा बाँझो भयो भन्न नपर्ने, भिरालो उच्च भेगमा घाँस लगाएर मनग्गे आम्दानी लिन सकिने हुँदा घरखर्च चलाउन सजिलो भएको छ’–रामपुरकी भगवती बोटेले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
नेप्से परिसूचक १४ दशमलव ८३ प्रतिशतले घट्यो
काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १४...
-
राजस्व अनुसन्धान विभागकाे टाेली भैरहवा र नेपालगन्जमा, स्थानीय उद्यमी–व्यवसायीहरूसँग अन्तरकिया सम्पन्न
काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढा भैरहवा,बुटवल,कपिलवस्तु,बाँके र वर्दिया लगायतका जिल्लाको राजस्व चुहावट,राजस्व अनुसन्धान कार्यालय बुटवल, कोहलपुरको अनुगमन...
-
आज राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व मनाइँदै
काठमाडौं । आज विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व मनाइँदै छ। असार १५ दही चिउरा...
-
नेप्सेमा ८ अंकको गिरावट, ऋणपत्रमा धमाधम लगानी
काठमाडौं । बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गिरावट आएको छ । साताको अन्तिम दिन नेप्से ८.२४ अंकले घट्ता अधिकांश लगानीकर्ता...
-
राजस्व अनुसन्धान विभागको सकृयता बढ्यो, राजस्व छलीका मालवाहक कन्टेनर र गाडीको विभागमा लाइन
काठमाडौं । राजस्व अनुसन्धान विभाग हरिहर भवन परिसरमा अहिले राजस्व छलि र चुहावट गरेका मालवाहक कन्टेनर र गाडीले भरिभराउ रहेका...
-
शेयर बजारमा दोहोरो अकंको गिरावट
काठमाडौं । बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबारदेखि मंगलबारसम्म बढेको शेयर बजार आज भने ओरालो लागेको हो...
-
आज बुधबार सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ...
-
सेयर बजारमा सामान्य वृद्धि, फाइनान्स समूहमा भारी गिरावट
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकले बढ्दा होटल एण्ड टुरिजम समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज...
-
सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार र?
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको...