चिसो घट्दै, न्यानो बढ्दै
काठमाडौं, १२ माघ। चिसो घट्न थालेपछि देशैभर न्यानो महसुस गर्न थालिएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले चिसो घटेर तापक्रम बढ्दै गएको जनाएको छ । बिहान–बेलुका जाडो भए पनि दिउँसो निकै न्यानो महसुस हुन थालेको छ ।
मौसम सफा रहेकाले बिस्तारै तापक्रम बढ्दै गएको जल महाशाखाका मौसमविज्ञ सुजन सुवेदीले बताए । ‘अहिले पानी पर्ने वा बादल लाग्ने नभएकाले दिउँसोको घाम राम्रोसँग लागेको छ,’ सुवेदीले नयाँ पत्रिकासँग भने, ‘यसैले काठमाडौं उपत्यकासहित देशैभर तातो महसुस गरिएको छ ।’ अरू वर्षहरूमा पनि माघ महिनाको अन्त्य (फेब्रुअरी दोस्रो साता) देखि चिसो स्वतः घट्दै जाने महाशाखाको भनाइ छ ।
तापक्रमको वर्तमान अवस्था
सबैभन्दा बढी चिसो हुने हुने हिमाली क्षेत्रमा रहेको जुम्लामा अहिलेको तापक्रम अधिकतम २० देखि न्यूनतम माइनस ४ डिग्री सेल्सियस छ । यस्तै, काठमाडौं उपत्यकाको तापक्रम अधिकतम २१ र न्यूनतम ४ दशमलव ५ डिग्री सेल्सियस छ । विराटगरमा अहिले अधिकतम २८ दशमलव ३ र न्यूनतम ९ डिग्री सेल्सियस छ ।
१ माघ सबैभन्दा चिसो
यस वर्षको अहिलेसम्मको सबैभन्दा चिसो दिन १ माघ भएको छ । सो दिन छिटफुट वर्षा भएकाले पनि बढी चिसो थियो । त्यस दिन काठमाडौंको तापक्रम अधिकतम १६ दशमलव ४ र न्यूनतम शून्य दशमलव ४ थियो भने जुम्लामा अधिकतम १९ दशमलव ४ र न्यूनतम माइनस ८ डिग्री सेल्सियस थियो । नेपालगन्जमा अधिकतम १८ दशमलव ८ र न्यूनतम २ दशमलव ४, विराटनगरमा अधिकतम २१ दशमलव ७ र न्यूनतम ५ दशमलव ४ डिग्री सेल्सियस पुगेको थियो ।
तराईमा न्यून शीतलहर
यो वर्ष तराई–मधेसका जिल्लामा न्यून शीतलहर चलेको थियो । शीतलहरको प्रभाव कम परेकाले तराईका जिल्लामा यस वर्ष चिसोले कठ्यांग्रिएर कसैको ज्यान नगएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले बताए । घाम नलाग्दा भने चिसो बढे पनि लामो समय शीतलहर भने चलेन । अघिल्ला वर्षमा तराई–मधेसका जिल्लामा शीतलहरका कारण धेरैको ज्यान जाने गरेको थियो ।नयाँपत्रिकामा खबर छ ।
Comments
अरु समाचार
-
विपद्जन्य सूचनाहरू हेलो सरकारको ह्वाट्सएप नम्बरमा जानकारी दिन आग्रह
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कुनै पनि ठाउँमा बाढी, पहिरो र डुबानका कारण समस्या भएमा खबर गर्न सर्वसाधारणमा आग्रह...
-
अपडेट: बाढी, पहिरो र डुबानमा परेर ८७ जनाको मृत्यु, ७२ जना बेपत्ता
काठमाडौं । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिलेसम्म ८७ जनाको मृत्यु भएको छ । सशस्त्र...
-
पहिरोमा पुरिएका दुई बसबाट १४ जनाको शव निकालियो, अरु पनि पुरिएको आशंका
काठमाडौं । काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा...
-
अपडेट: वर्षा सँगैको बाढीपहिरोका कारण नौ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ९ जनाको मृत्यु भएको छ । बाढीपहिरालगायत विपदमा परी...
-
पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन, २ जनाको मृत्यु
काठमाडौं । काभ्रेको पनौतीमा पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन भएका छन् । पनौती नगरपालिका ११, थुम्कीमा शनिबार बिहानै...
-
भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो,
काठमाडौं । एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँच...
-
पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कौरास्थित भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द भएको छ । वर्षासँगै आएको पहिरोले शुक्रबार बिहानदेखि...
-
पर्यटकलाई स्वागत गर्दै लुम्बिनीमा मनाइयो पर्यटन दिवस
काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा आज पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा...
-
वर्षाका कारण हवाई उडान प्रभावित
काठमाडौं । बुधवार रातीदेखि परेको वर्षाका कारण हवाई उडान प्रभावित बनेको छ । खराब मौसमका कारण अधिकांश आन्तरिक उडान हुन...