तीन वटी बिहे गरेर कारबाहीमा परेकालाई प्रचण्डले केन्द्रीय सदस्य बनाए
काठमाडौं, ३१ जेठ । जस्तो गुरु उस्तै शिष्य १ पार्टी अध्यक्षको सिको गर्दै महासचिवले पार्टीमा रहँदा अनेक काण्ड मच्चाए । काण्डै काण्डका बीच उनी नैतिक रूपमा यतिसम्म गिरे कि पूर्वमन्त्री विश्वेन्द्र पासवानले उनलाई चारित्रिक र नैतिक स्खलन भएको आरोप लगाउँदै कारबाही गरे । पार्टी सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासनमा परेका र उनै विशेन्द्र पासवानबाट नैतिक रूपमा स्खलित भएको आरोप लागेका व्यक्तिलाई माओवादीले ‘सुनपानी’ छर्किएको छ ।
दुई पत्नीलाई धोका दिएर तेस्री भित्र्याएका व्यक्तिलाई केन्द्रीय सदस्य बनाइदिने आश्वासनसहित माओवादी पार्टीमा भित्र्याइएको रहस्य प्रकाशमा आएको जनआस्था साप्ताहिकमा खबर छ । यो रहस्योद्घाटन सीता परियारले गरिदिएकी हुन् । सीता तिनै मेघराज परियारकी दोस्री पत्नी हुन् ।
गोरखा स्थायी घर भएकी उनीसँग सुरुमा मेघराजले फोन सम्पर्क गरे, झुक्किएर । पछि त्यही फोन सम्पर्क प्रेम हुँदै विवाहमा रूपान्तरण भयो । सुरुमा मेघराजले भनेका थिए, ‘मेरो पहिलो श्रीमतीले छोडी, तिमीसँग विवाह गर्न चाहन्छु । मास्टर्स लेभल पढ्दै गरेको र दलित जनजातिको उद्धारमा लागेको नेताका कुरा सुरुमा सीताले पत्याउँदै गइन् ।
त्यतिबेला उनी छाँगाबाट खसिन् जुन समय मनमैजुस्थित मेघराजको कोठामा श्रीमती बनेर सीता प्रवेश गरिन् । त्यहाँ ६ वर्षको बच्चाका साथमा जेठी श्रीमती थिइन् । आफ्नो भाग्यलाई धिक्कार्दै सीता जिन्दगीको रथ घिसार्दै थिइन् । बीचमा जेठी श्रीमती ६ वर्षको बच्चालाई छाडेर हिँडिन् । उनलाई लागेको थियो कुचोले बढार्नुपर्ने कसिंगर हावाले उडायो । तर, नियतमै खोट भएको मान्छेको अगाडि कसको के लाग्थ्यो र ? सीताको मुहारमा खुसी त्यतिबेलासम्म मात्र टिक्यो जुन समयसम्म उनको पेटमा बच्चा आएको थिएन । जब गर्भ बोकिन तब श्रीमान् टेढिए ।
पछि थाहा भयो कि उनी कान्छीको खोजमा लागेका रै’छन् । उनले गर्भवती भएकी दोस्री पत्नीलाई बिचल्ली बनाएर आफूभन्दा निकै कम उमेरकी युवतीलाई तेस्री पत्नीका रूपमा भगाएको आरोप सीताको छ । यो बीचमा सीताले तारान्तार फोन गरिन् तर पार्टीको कार्यक्रममा व्यस्त छु भन्दै टारिरहे । बीचमा कान्छी श्रीमती च्यापेर उनी हिँडेको थाहा पाएपछि उनले बालाजु प्रहरी चौकीमा उजुरी पनि दिइन् तर केही सुनुवाइ नभएको उनको दुखेसो छ ।
यसरी काखे बच्चासहितको श्रीमतीलाई बिचल्ली पारेर उनीसहितको एउटा समूह केही दिनअघि मात्र माओवादी केन्द्रमा प्रवेश गरेको छ । अब हेर्न बाँकी छ, श्रीमती र काखेबच्चा रुवाएर माओवादी बनेका महासचिव मेखराज परियारले कस्तो क्रान्ति गरेर देखाउलान् ?
Comments
अरु समाचार
-
सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस
काठमाडौं । आज बसेको न्याय परिषदको बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका छ मध्ये दुई सिटमा न्यायाधिश सिफारिस गरेको छ...
-
प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबिच शिष्टाचार भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने सिलसिलामा न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता जारी राखेका छन् । यसैक्रममा...
-
बिहीवार वरिष्ठको उपाधि पाएका क्षमताहिन वकिल सर्वोच्च जान मरिहत्ते
काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको सिफारिस र नियुक्ति गर्न न्याय परिषदुको बैठक आज (शुक्रबार) विहान...
-
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो...
-
‘नेपाल-चीनको सम्बन्ध उचाइमा पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण ‘
काठमाडौं, असोज १० । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल-चीन सरकार र जनताबिचकोे सम्बन्धलाई उचाइमा पुर्याउन दुवै मुलुकका...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...
-
सभापति पक्राउ पर्ने सम्भावना बढेको भन्दै चीन गएको रास्वपाको टोली स्वदेश फर्कियो
काठमाडौं । पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली बिहिबार काठमाडौँ...
-
भरतपुर महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सुरु
काठमाडौं । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन...