अमेरिकी पत्रिकाको टिप्पणीः ‘नेपालको चुनाव भारत र चीनबीचको लडाई’
काठमाडौं, २१ मंसिर । नेपालको निर्वाचनबारे अमेरिकाको प्रभावशाली दैनिक पत्रिका द वाशिङटन पोस्टले नराम्रो टिप्पणी गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणको दौरान द वाशिङटन पोस्टले नराम्रो प्रभाव पार्ने गरी टिप्पणी गरेको हो ।
उक्त पत्रिकाको भारत संवाददाता विधि दोषीले बुधवार प्रकाशित गरेको उक्त टिप्पणीमा यस ऐतिहसिक निर्वाचनलाई छिमेकका दुई ठूला मुलुक भारत र चीनले चासो दिएर हेरिरहेको लेखिएको छ । दुवै देशले नेपालमा आफ्ना राष्ट्रिय साझेदारको जीतको अपेक्षा गरिरहेको उल्लेख गरेका छन् ।
‘चीनले एसियाभरि आफ्नो प्रभाव विस्तार गरिरहँदा नेपालमा पनि लगानी बढाइरहेको छ । यो घटनाक्रमले भारत चिन्तित भएको विश्लेषकहरू बताउँछन् । यस्तो अवस्थामा नेपालमा चुनाव भइरहेको छ,’ दोषी लेख्छिन् । ‘नेपाल एक छिमेकीसँग मात्रको निर्भरताबाट मुक्त भएको छ,’ वाम गठबन्धनका नेता खड्ग प्रसाद शर्मा ओलीले पोखरामा भएको निर्वाचन र्यालीमा उत्साहित भीडलाई सम्बोधन गर्दै भने ।
‘वाम गठबन्धनले नेपालमा चीनको शक्ति प्रयोग गरी भारतको प्रभुत्वलाई टक्कर दिन आह्वान गरेको छ,’ द वाशिङटन पोस्टको विश्लेषणमा उल्लेखित छ । ‘अर्कातर्फ प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत समर्थकका रूपमा हेरिन्छ र उनले भारतीय तथा चिनियाँ शक्तिलाई सन्तुलनमा राख्नुपर्ने बताउँदै आएका छन् ।’
चीनले नेपालमा प्रभाव विस्तार गर्दै गर्दा विश्लेषकहरूले भारतीय नेताहरू चिन्नित भएको विश्लेषण गरेका छन् । नेपालसँगको लामो र खुला सीमाका कारण भारतमा चिनियाँ सामानको निर्यातको मात्रा ह्वात्तै बढ्ने उनीहरूको चिन्ता हो । सीमालाई सुरक्षा दिँदा भारतको सैन्य स्रोतलाई भार पर्ने विधि दोषीको टिप्पणी छ ।
धेरै नेपालीका लागि छिमेकीबीचको टक्करले बिहीवार मत हाल्ने बेलाको निर्णयलाई प्रभावित पार्ने द वाशिङटन पोस्टको विश्लेषण छ । सुर्खेतबाट मतदान गर्ने उमेश गिरीलाई उद्धृत गर्दै द वाशिङटन पोस्ट लेख्छ, ‘हामीहरू भारतबाट बारम्बार प्रताडित छौं । त्यसैले फरक विदेशनीति अपनाउनु महत्त्वपूर्ण हुन्छ ।’
Comments
अरु समाचार
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका...
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा...
-
पाथीभरा केबलकार निर्माणको विरोधमा दुइ दिन तमोर कोरिडोर बन्द
काठमाडौं । पाथीभरा केबलकार निर्माण विरोध गर्दै आज र भोलि तमोर कोरिडोर बन्द घोषणा भएको छ । विभिन्न ६ संस्थाले...
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...
-
मधेश सरकारबाट एमाले र माओवादी बाहिरिने
काठमाडौं । मधेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिने भएका छन् । आइतबार दुवै पाटिले मधेश सरकार छाड्ने...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...