गणतन्त्रपछि पहिलोपटक मनाईयो पृथ्वीजयन्ती (फोटोफिचरसहित)
काठमाडौं, २७ पुस । गणतन्त्र स्थापनापछि पहिलो पटक राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाईएको छ । बिहीबार राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी सिंहदरवारको मुख्य प्रवेशद्धार अगाडि रहेको पृथ्वीको शालिकमा माल्यार्पण गरिन् ।
माल्यार्पण गर्न पुग्दा सेनाको टुकडी सलामीसमेत अर्पण गरेको थियो । गणतन्त्र नेपालका राष्ट्रपतिले राजतन्त्रका संस्थापकको शालिकमा माल्यार्पण गरेको यो पहिलोपटक हो ।
राष्ट्रपति भण्डारीसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शाहको शालिकमा माल्यार्पण गरे। २९६ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सरकारले सार्वजनिक विदा समेत दिएको थियो ।
उक्त अवसरमा उपप्रधानमन्त्री कमल थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापा, आपूर्तिमन्त्री जयन्त चन्द, प्रधानसेनापति राजेन्द्र क्षत्री, विभिन्न प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्यसचिव, काँग्रेस नेता डा. रामशरण महतलगायत नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख तथा उच्च पदस्थ कर्मचारीहरुले शाहको शालिकमा माल्यार्पण गरे।
गणतन्त्रपछि मनाउन छाडिएको राष्ट्रिय एकता दिवस यसवर्षबाट पुनः मनाउने निर्णय देउवा सरकारले चुनावअघि गरेको थियो । नेपाली सेनाले पृथ्वीनारायण शाहलाई आफ्नो फौजको संस्थापकका रुपमा सम्मान गर्दै आएको छ । सेनाका ब्यारेकहरुमा पृथ्वीनारायण शाहका दिब्योपदेशहरु लेखिएका छन् ।
विगतमा माओवादी नेता रामवहादुर थापा बादल रक्षामन्त्री हुँदा ब्यारेकबाट पृथ्वीनारायणको फोटो र दिब्योपदेश हटाउन निर्देशन दिए पनि तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवालले अश्वीकार गरेका थिए ।
Comments
अरु समाचार
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प
काठमाडाैँ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ। विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो। वैशाख...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो ३ बजे...
-
अत्याधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द
काठमाडाैँ । अत्यधिक गर्मी बढेपछि बुटवल नगरभित्रका सबै विद्यालयमा आज र भोलि बिदा दिइएको छ । उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिने...
-
मन्त्रिपरिषद विस्तारकाे तयारीमा मुख्यमन्त्री सोडारी
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका छन् । मंगलबार बझाङ उपनिर्वाचनकाे परिणाम सार्वजनिक भएलगत्तै मुख्यमन्त्री...
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...