स्थानीय तहदेखि नै खेलाडी उत्पादनमा सरकारले लगानी वृद्धि गर्नुपर्छ
काठमाडौँ, १२ चैत ।नेपाल स्की संघले भारतमा हुन लागेको अन्तर्राष्ट्रिय स्नोबोर्ड च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ ।
भारतको हिमाञ्चल प्रदेशमा यही चैत १७ र १८ गते हुने उक्त प्रतियोगितामा नेपालको तर्फबाट महानजङ्ग पाण्डे र रञ्जन केसीले प्रतिष्पर्धा गर्नुहुने संघले जनाएको छ । सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली मंगलबार त्यसतर्फ जान लागेको हो । उक्त टोलीलाई सांसद जीवनराम श्रेष्ठले बिदाई गर्दै खेलाडीले अनुशासित भई प्राप्त गर्ने सफलताले समग्र मुलुकको गौरव र प्रतिष्ठा बढाउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल स्की संघका अध्यक्षसमेत रहनुभएका श्रेष्ठले स्थानीय तहदेखि नै खेलाडी उत्पादनमा सरकारले लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहनुभएका सांसद श्रेष्ठले उक्त खेललाई व्यावसायिक बनाउन आवश्यक पूर्वाधार विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त टोलीलाई आवश्यक सहयोगका लागि अफिसियल कर्मचारीमा उत्सव पाठक र सुरज काफ्ले रहनुभएको संघले जनाएको छ । रासस
Comments
अरु समाचार
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...