अर्थविद् नै बजेटको विपक्षमा, किन गरियो बजेटको आलोचना
काठमाडौं १७, जेष्ठ । अर्थविद्हरुले सरकारले लक्ष्य अनुसारको बजेट ल्याउन नसकेको बताएका छन् ।
अर्थविद्हरु दिपेन्द्रबहादुर क्षेत्री, पृथ्वीराज लिगलर डा. जगदिशचन्द्र पोखरेलले सरकारले लक्ष्य अनुसार बजेट ल्याउन नसकेको बताएका हुन् ।
बिहिबार काठमाडौंमा आयोजित बजेटसम्बन्धि छलफल कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका अर्थविद् क्षेत्रीले पाँच वर्ष भित्र दोहोरो अंगले आर्थिक वृद्धि गर्ने लक्ष्य अनुसार बजेट आउन नसकेको दावी गरे ।
उनले आर्थिक वृद्धिलाई ८ प्रतिशत पु¥याउने सरकारको लक्ष्य पनि बजेटले पूरा गर्नेमा आफू विश्वस्त नभएको पनि बताए । अर्थविद् क्षेत्रीले आर्थिक वृद्धिदरलाई बढाउन सरकारले वार्षिक रुपमा १७ खर्ब कम्तिमा खर्च गर्नुपर्ने तर्क पनि गरे ।
अर्थविद् एवम् योजना आयोगका पूर्व उपाध्यक्ष पृथ्वीराज लिगलले घोषणा गरिएका कार्यक्रमलाई धान्ने गरी बजेट नआएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनले गरिवी निवारण र रोजगारीको अवसर सृजनाका लागि एकीकृत कार्यक्रम ल्याउनु भने बजेटको सकारात्मक पाटो रहेको पनि स्पष्ट पारे ।
अर्का अर्थविद् एवम् राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेलले बजेट प्रजातान्त्रिक मूल्य, मान्यता अनुसार नआएको दावी गरे । उनले युवाहरुलाई परिचालन गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा अघि बढने कामलाई पनि बजेटले प्राथमिकता नदिएको उल्लेख गरे ।
अर्थविद् पोखरेलले प्रविधि विकासबाट मुलुकलाई समृद्ध बनाउने दिशामा पनि बजेटले खासै चासो नदिएको बताए ।
Comments
अरु समाचार
-
दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन
काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा...
-
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार,...
-
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन
काठमाडौं । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८...
-
‘सरकारमा रहँदा कांग्रेसले टी-स्टेटको जग्गा बेचेर कमिसन खायो, छानबिन हुनुपर्छ’
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले गिरीबन्धु टी-स्टेटको...
-
आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य
काठमाडौं । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ...
-
सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत रु एक सय ११ खर्ब
काठमाडौं । सोह्रौँ योजना कार्यान्वयनका लागि करिब रु एक सय ११ खर्ब लागत अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले...
-
नेप्से परिसूचक नौ दशमलव ५४ अङ्कले घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ५४ अङ्कको गिरावट देखिएको छ । आज परिसूचक शून्य दशमलव ४७...
-
प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १...
-
सामान्य घट्यो सुनको मुल्य
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि...