स्थानीयले विकास चाहिँदैन भनेपछि करोडौँ बजेट फिर्ता
रोल्पा, २२ जेष्ठ । स्थानीयबीचको वैमनश्यताका कारण रोल्पाको लुंग्री गाउँपालिका–६, गुम्चालको विकास गतिविधि ठप्प भएको छ ।
विकासमा पछाडि परेको भन्दै गाउँपालिकाले विशेष प्राथमिकताका साथ बजेट विनियोजन गरे पनि आपसी वैमनश्यताका कारण साविक गुम्चाल गाविस वडा नं ७, ८ र ९ को विकास गतिविधि अगाडि बढ्न नसकेको हो ।
पानी मुहानको विषयबाट शुरु भएको विवादले हाल वडाका सबै विकास गतिविधिमा प्रभाव पारिरहेको स्थानीयले गुनासो गरेका छन । पानी मुहानको विवादका कारण २०६५ सालमा निर्माण गरिएको योजनासमेत बेवारिसे भएको छ । योजना अवरुद्ध हँुदा वडाका २०० बढी घरधुरी आधा घण्टा टाढाबाट पानी बोक्न बाध्य छन् ।
एक घर एक धाराको कार्यक्रमअन्तर्गत योजना सञ्चालन भए पनि विवादका कारण कुवाको पानी बोकेर खान बाध्य भएको स्थानीयले बताएका छन् । विवादका कारण पानी आपूर्तिको पाइपमा क्षति पुगेसँगै घरघरमा आएको पानी बन्द हुँदा गाग्रोमा पानी बोक्न बाध्य छाैँ, स्थानीय एक महिलाले गुनासो गर्नुभयो । स्थानीयको विवादकै कारण सो गाउँमा यसपूर्व सिँचाइका लागी आएको करोडौँ बजेटसमेत फिर्ता भएको बताइएको छ ।
छ वर्षअघि विद्युत्को पोल गाडिएको भए पनि विवादकै कारण हालसम्म बत्ती बल्न सकेको छैन । गाउँपालिकाले मोटरबाटो निर्माणका लागि बजेट विनियोजन गरेको भएपनि आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत निर्माणको टुंगो लाग्न नसकेको बताइन्छ । विवादका कारण आफूहरुलाई विकास नचाहिने भन्दै केही स्थानीयले सदरमुकाम पुगेर स्थानीय प्रशासनमा उजुरीसमेत गरेको बताइएको छ ।
आपसी विवादका कारण विद्यालय भवनसमेत मर्मत नभई जीर्ण अवस्थामा रहेको छ, एक स्थानीयले बताए । गाउँपलिकाका अन्य सबै वडामा सडक पुगेपनि आफूहरु भने अझै गाडी चढ्न आधा घण्टाभन्दा बढी पैदलयात्रा गर्न बाध्य भएको उनले गुनासो गरे ।
सामान्य कुरामा समेत विवाद गर्ने त्यहाँको विशेषता भएपनि पछिल्ला दिनमा राजनीतिक रङगसमेत मिसिएको छिमेकी वडावासीले बताएका छन् ।
विकासमा पछि परेको भन्दै गाउँपालिकाले अन्य वडाको तुलनामा सो वडामा बढी बजेट विनियोजन गरेको भएपनि विवादले काम अगाडि बढ्न नसकेको लुंग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्काले स्वीकार गर्नुभयो । विवाद मिलाउन आफूले पटकपटक प्रयास गरेको भएपनि अझै सहमति हुन नसक्दा बजेट फ्रिज हुने हो कि भन्ने चिन्ता लागेको अध्यक्ष खड्काले बताए ।
विवादित पक्षबीच छलफल गरेर समस्या समाधानका लागि आफूहरु लागिरहेको अध्यक्ष खड्काले बताए । विद्यालयसम्म पुग्ने मोटरबाटो निर्माणमा भने सहमति जुटेकाले अन्य विकासमा पनि सहमति हुनेमा आफू आशावादी रहेको अध्यक्ष खड्काले बताए । छलफलमा दुइ पक्षको उपस्थिति नहुँदा समस्या समाधानमा विलम्व भइरहेको छ, खड्काले भने । विवादको जड पानी मुहान भएकाले त्यसको विकल्पसमेत खोज्न सकिने गरी आफू लागिपरेको उहाँको भनाइ थियो ।
स्थानीय तहको निर्वाचनपछि बनेको स्थानीय सरकारबाट विकास गतिविधिमा आएको तीव्रतासँगै छिमेकी वडा लाभान्वित भए पनि आफूहरु भने विवादकै कारण विकास गतिविधिबाट वञ्चित हुनुपरेको स्थानीय सर्वसाधारणले गुनासो गरेका छन् ।
Comments
अरु समाचार
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प
काठमाडाैँ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ। विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो। वैशाख...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो ३ बजे...
-
अत्याधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द
काठमाडाैँ । अत्यधिक गर्मी बढेपछि बुटवल नगरभित्रका सबै विद्यालयमा आज र भोलि बिदा दिइएको छ । उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिने...
-
मन्त्रिपरिषद विस्तारकाे तयारीमा मुख्यमन्त्री सोडारी
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका छन् । मंगलबार बझाङ उपनिर्वाचनकाे परिणाम सार्वजनिक भएलगत्तै मुख्यमन्त्री...
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...