तीन करोड ५१ लाखको लागतमा डिप ट्युबवेल
विराटनगर ३, साउन । भूमिगत जलसिँचाइ विकास डिभिजन कार्यालय विराटनगरले प्रदेश नं १ अन्तर्गत चार जिल्लामा यसवर्ष रु तीन करोड ५१ लाख ९३ हजारको लागतमा डिप ट्युबवेल निर्माण गरेको छ ।
कार्यालय प्रमुख दीपेन्द्र लौडारीका अनुसार आव २०७४-७५ मा मोरङका लेटाङ, झापाको अर्जुनधारा, सुनसरीको पानवारीमा एक-एक वटा डिप ट्युबवेल निर्माण भएको ।
त्यस्तै आव २०७३-७४ मा शुरु भई गत आव २०७४-७५ मा सुनसरीको जलुवा, मोरङको लेटाङ, वैजनाथपुर र इलामको चुलाचुलीमा पनि एक÷एक वटा डिप ट्युबवेल निर्माण कार्य सम्पन्न भएको छ ।
डिप ट्युबवेलको निर्माणबाट अर्जुनधारा, पानबारी, जलुवा, लेटाङ, बैजनाथपुर र चुलाचुलीमा ४०-४० हेक्टर जमीनमा सिँचाइ हुने बताइएको छ । कार्यालयका अनुसार सुनसरीको जब्दीमा जमीन खन्न समस्या भएपछि आव २०७४-७५ मा निर्माण गरिने डिप ट्युबवेल चालु आव २०७५-७६ मा निर्माण हुनेछ ।
यस्तै, समृद्ध तराई–मधेश विशेष कार्यक्रमअन्तर्गत डिप ट्युबवेल निर्माणका लागि आएको रु एक करोड ३१ लाख डिप ट्युबवेल निर्माणमा खर्च भएको छ । डिप ट्युबवेल निर्माणपछि विद्युत, ओभरहेड ट्याङक तथा वितरण प्रणालीलगायतका प्राविधिक कार्य भइरहेको छ । उक्त कार्यालयअन्तर्गत चार जिल्लामा स्यालो तथा डिप ट्युबवेल निर्माण गर्ने कार्यक्रम भए पनि स्यालो ट्युबवेल निर्माण कार्यक्रम स्थानीय तहमा गएकाले डिप ट्युबवेलको काम मात्र भएको कार्यालय प्रमुख लौडारीले बताए ।
चार जिल्लामा एक हजार ५०६ स्यालो ट्युबवेल निर्माण गर्ने कार्यक्रम रहेकामा ती कार्यक्रम स्थानीय तहमा गएपछि जडान हुन सकेको छैन । स्थानीय निकायमा अन्योलतालगायतका प्राविधिक समस्याका कारणले स्यालो ट्युबवेल निर्माण हुन नसकेको बताइएको छ ।
Comments
अरु समाचार
-
तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प
काठमाडाैँ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ। विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो। वैशाख...
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...
-
उपनिर्वाचन शान्तिपूर्ण, सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु
काठमाण्डौ । उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान जारी छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको...
-
धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव
धनकुटा, ५ वैशाख: पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव...
-
इलामको माइजोगमाईमा साना सिँचाइ कार्यक्रम सुरु
काठमाडौं । जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुयाउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ...
-
दमकस्थित लाइफलाइन अस्पतालको भवनमा आगलागी
२८ चैत, दमक । दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल...
-
सुहाङले इलाम-२ मा ५ हजार मत अन्तरले जित्ने दावी
झापा । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता हिक्मत कार्कीले इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्बाङले करिव ४ देखि...