प्रधानमन्त्री ओलीको प्रश्न– देउवा जी, अधिनायकवाद कहाँ देख्नुभयो ?
काठमाण्डाै १२, साउन । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसलाई लक्षित गर्दै खोइ कहाँ आयो अधिनायकवाद भन्दै प्रश्न गरेका छन्।
कांग्रेससँग अरु कुनै एजेण्डा नभएर अधिनायकवाद आयो भन्दै हिँडेको ओलीले बताए।
‘सपनामा देखे कि, विपनामा देखे। खोइ, कता आयो अधिनायकवाद ?’ प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘अरु एजेण्डा केही छैन। अधिनायकवाद आयो भनेर हुन्छ ?’
सरकारलाई बदनाम गर्न, मजाकमा उडाउन खोजिएको भन्दै उनले विरोधीलाई सुध्रन आग्रह गरे। अन्टुफ र जिफन्ट एकता संयोजन समितिले राजधानीमा शनिबार गरेको प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओलीले अनुभवी कम्युनिष्ट नेताहरुले पार्टी र सरकार हाँकेको दाबी गरे ।
मजदूरको जीवनमा पहिलेभन्दा सुधार आएको उनले बताए ।
‘गरिबीको फाइदा उठाएर मजूदरहरूलाई ठग्ने प्रवृत्तिलाई अब सरकारले रोक्छ’ प्रधानमन्त्री ओलीले भने । विकासको अभियानमा कृषिलाई व्यवसायिक र आधुनिकीकरण बनाइने उनले बताए । रोजगारीको खोजीमा युवाहरू विदेशिनु नपर्ने उनको दाबी छ ।
मजदूर वर्गीय आन्दोलनलाई कांग्रेसले अधिनायकवाद नाम दिएको प्रधानमन्त्रीको भनाइ छ ।
‘मजदूर वर्गीय आन्दोलनलाई उनीहरूले अर्को नाम दिन्छन्, अधिनायकवाद’ ओलीले भने, ‘प्रतिक्रियावादी तत्वहरूले कहिलेकाहीँ आफू अनुकूल व्याख्या गर्ने गरेका छन् । मजदूरहरूको दिन फर्किन्छ भन्दा केहीलाई पीर पर्छ ।’
प्रधानमन्त्री ओलीले सरकार स्वतन्त्र न्यायालयको पक्षमा रहेको बताए ।
‘संसदीय सुनुवाइ भइरहेको छ । दुई अध्यक्षले सुनुवाइ रोक्यो भन्छन् यस्तो होइन’ उनले भने । सरकार बनेपछिका पाँच महिना अवधिमा गरिब बनाए जसरी नै विरोधीहरू सरकारविरुद्ध उफ्रेको प्रधानमन्त्रीको भनाइ छ ।
राजधानी काठमाण्डुका सडक दुई वर्षभित्र स्तरोन्नति गरिसक्ने प्रधानमन्त्री ओलीले जानकारी दिए ।
‘दुई वर्षभित्र काठमाण्डुका सडक हेर्न लायक हुन्छ’ उनले भने, ‘शिलान्यास गरेर छाडेको धरहरामा झार उम्रेको छ । तर यो छिट्टै बनाउँछौं । रानीपोखरीलगायत सम्पदा पनि बनाइन्छ ।’
देशका विभिन्न नदीमा रहेका तुइन विस्थापन गरेको भन्दै प्रधानमन्त्री ओलीले तुइन विस्थापन ठूलो कुरा नभए पनि पछौटेपन, पीडा र आँशु अन्त्य हुनु राम्रो पक्ष रहेको बताए । सामाजिक सञ्चालमा सरकारविरुद्ध व्यंग्य हान्ने काम भइरहेको उनले बताए ।
‘रेल ल्याउने कुरा गर्न हुँदैन ? तुइन हटाउन हुँदैन ?’ प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘कागजको डुंगा बनाएर सरकारविरुद्ध मजाक उडाएको छ । हेर्दै जानु सरकारले यी सबै कामहरू पूरा गर्छ ।’
Comments
अरु समाचार
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरीः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको...
-
विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
काठमाडौं । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न...