रुख काटेर पैसा कमाउने मनस्थिति यो सरकारसँग छैन : वनमन्त्री बस्नेत
काठमाडौँ । वनमन्त्री शक्ति बहादुर बस्नेतले विकास गर्दा वातावरणीय पर्यावरणलाई पनि ध्यानमा राखिने बताएका छन् । उनले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको आधार बनेपछिमात्रै रुख कटानको अनुमति दिने पनि स्पष्ट पारे ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । बस्नेतले विमानस्थल मुलुकको आवश्यकता भएपनि कमभन्दा कम वातावरणीय क्षतिमा निर्माण सक्नुपर्ने बताएका हुन् ।
क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा पुगेको टोलीसँग कुरा गर्दै उनले भने,‘वातावरण र विकासबीचको सन्तुलन मिलाएर मात्रै अगाडि बढ्ने मन्त्रालयको प्राथमिकता र दृष्टिकोण छ ।’ रुख काटेर पैसा कमाउने मनस्थिति यो सरकारसँग नभएको पनि उनले स्पष्ट पारे ।
मन्त्री बस्नेतले ‘हरियो बन, नेपालको धन’ भन्ने नारालाई सार्थकता तुल्याउनेगरि आफूले काम गरिरहेको पनि विश्वास दिलाए । उनले भने,‘हाम्रो देश भुगोल र जनसंख्याको दृष्टिकोणले मझौला खालको देश हो । तर, प्राकृतिक साधान र स्रोत, र जैविक विविधताको दृष्टिकोणले धनि छ । हामीले विगतमा बनलाई सेवा क्षेत्रको रुपमा लियौं । तर, हामीले अहिले उत्पादनशील क्षेत्रमा बदल्नेगरि काम गरिरहेका छौं ।’
नेपालका निकुञ्जहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउनेगरि काम भैरहेको पनि उनले विश्वास दिलाए । उनले भने,‘समग्र सबै क्षेत्रबाट काम भैरहेको छ ।’
उनले सरकार गठन भएको भर्खरै ७ महिना पूरा भएर यता आएको बताउँदै यो छोटो अवधिमै सरकारको समिक्षा गर्ने बेला नभएको पनि जिकिर गरे । ‘साँढे ३ सय कानुनहरु निर्माण गर्यौं । हामीले धेरै कामहरु गर्नुपर्नेछ । तर, अहिले नै मुल्यांकन गर्ने बेला भएको छैन । आवश्यक कामहरु भैरहेको छ । अब देखिनेगरि काम हुन्छन् ।’–उनले थपे ।
Comments
अरु समाचार
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...